arrow

साग कुस्तीका लागि जिर्ण कभर्डहल रंगरोकन गरेर चिटिक्क

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ मंसिर १८ बुधबार
saag-kusti.JPG

जनकपुर । जनकपुरधाममा पहिलो पटक हुन लागेको साग अन्तर्गत कुस्ती प्रतियोगिताको सबै खेल मंसिर २० गतेदेखि २३ गतेसम्म आयोजना भइरहेको छ ।  १३ औँ दक्षिण एसियाली खेलकुद (साग)को लागि जनकपुरधामस्थित जिर्ण अवस्थामा रहेको कभर्डहल अहिले रंगरोकन गरी चिटिक्क बनाइएको छ।

यसको लागि महिनौँ पहिलादेखि रगंरोकन अन्तिम चरणमा रहेको  छ । पहिलो पटक जनकपुरधाममा सागको आयोजना गर्ने अवसर पाएपछि त्यस मौकालाई सदुपयोग गरि प्रतियोगितालाई भव्य रुपमा सञ्चालन गर्न सम्पूर्ण तयारी पूरा भएकाको जिल्ला खेलकुद विकास समितिका सदस्य जितेन्द्र महाशेठले जानकारी दिए।

प्रतियोगितालाई लक्षित गरेर खेल, पूर्वाधार, खेलाडीको सुरक्षा, पाहुनाको स्वागत आतिथ्यता, प्रचार–प्रसार, आवास व्यवस्थापन तथा खेल स्थलको सौन्दर्यकरण लगायतका व्यवस्थापकीय काम पूरा भइसकेका छन् ।

पहिलो पटक प्रदेश २ मा आयोजना हुन लागेको साग प्रतियोगिता देशको प्रतिष्ठा र गौरवसँग जोडिएकोले प्रतियोगितालाई सफल बनाउन प्रदेश सरकार आवश्यक सम्पूर्ण सहयोग गर्ने जानकारी दिए।

सागको कुस्तिमा पुरुष र महिला गरी ६ देशका ७५ खेलाडीसहित १ सय २५ अन्तर्राष्ट्रिय प्रशिक्षक, रेफ्रि, व्यवस्थापक, निर्णायक जनकपुरधाम आउने जानकारी दिए ।

 राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले साग कुस्ती खेलका लागि कभर्डहल मर्मत गर्न २० लाख रुपैयाँ समेत बजेट उपलब्ध गराएको थियो ।

यसैगरी खेलकुदको क्रममा खेलाडी वा दर्शकसँग हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै तत्काल उपचारको सम्पूर्ण व्यवस्था मिलाईएको हो। यसको लागि आइसीयू कक्षसहित भेन्टिलेटर, एम्बुलेन्स सेवा समेत २४ औं घण्टा उपलब्ध गराउने जनाएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ