arrow

अक्षय कुमार र रोहित शेट्टीले किन गरे फिल्म सेटमै झगडा, खुल्यो रहस्य

logo
प्रकाशित २०७६ मंसिर १८ बुधबार
akshay-rohit.jpg

काठमाडौं । फिल्म हाउसफुलपछि बलिउड अभिनेता अक्षय कुमार अब आफ्नो अर्को फिल्म 'गुड न्यूज' ले चर्चामा छन्। फिल्ममा उनीसँग अभिनेत्री करीना कपूर खान, कियारा आडवाणी र दिलजीत दोसांझ मुख्य भूमिकामा छन्। फिल्म 'गुड न्यूज' बाहेक अक्षय कुमार चाँडै 'सूर्यवंशी' फिल्ममा देखा पर्नेछन्।

हालसालै मिडियामा अक्षय कुमार र रोहित शेट्टीबिच 'सूर्यवंशी' को सेटमा 'हातपात” भएको समाचार फैलियो। अब अक्षय कुमारले सो  विषयमा आफ्नो प्रतिक्रिया दिएका छन्।

मंगलबार, गुड न्यूज फिल्मको नयाँ गीत 'सौदा खरा खरा' रिलीज भएको छ। सो गीतको रिलीजको क्रममा अक्षय कुमारले रोहित शेट्टीसँग 'हातपात' बारेमा बोलेका हुन्। उनले भनेका छन्, 'एक खबर पढेपछि मैले रोहितलाई भने- समाचारमा के लेखिएको छ हेर, के हामीदुबैबीच अहिलेसम्म कहिले झगडा भएको छ ? त्यसपछि हामीले सोच्यौं किन नक्कली झगडाको भिडियो सोशल मिडियामा शेयर नगर्ने र  फेरी के समाचार लेखिने छ हरौ भनेर त्यसलाई प्रचार गरियो ।'

अक्षय कुमारले भने, 'त्यसपछि हामीले १५ मिनेट भित्र झगडाको भिडियो शेयर गर्यौं।' मिडियासँग प्रश्न गर्दै अक्षयले भने, 'यदि मान्छेले यी सबै समाचारलाई विश्वास गर्न थाल्छ भने के हुन्छ। म हरेक समाचारलाई गलत वा सही भन्दिन, तर धेरै चोटि गलत समाचारले मान्छेको करियरलाई समाप्त गर्दछ। फिल्म उद्योगमा मैलै आफ्नो ३० वर्षको  क्यारियरमा विवाह एक खराब समाचारको कारण सम्बन्धबिच्छेद भएको देखेको छु।' अक्षयले भने कि कुनै व्यक्ति बारे समाचार छाप्नु भन्दा पहिले धेरै कुराहरुको ध्यान राख्नुपर्छ।

अक्षयले सामाजिक सञ्जालमा सो भिडियो सेयर गरेका थिए । अक्षय र निर्देशक रोहित शेट्टी एक आपसमा झगडापछि बचाउमा प्रहरीसमेत आएको देखाइएको थियो । उक्त भिडियो सामाजिक सञ्जाल र मिडियामा चर्चाको विषय बन्यो ।  भिडियोमा कट्रीना कैफले मोबाइलमा एक अंग्रेजी वेवसाइडको समाचार हेर्छिन् । जसमा अक्षय र रोहित शेट्टीबीच झगडा भएको खबर सार्वजनिक गरिएको छ । यसै खबरलाई प्रमाणित गर्न अक्षय कुमार र रोहित शेट्टी एक आपसमा झगडा गर्छन् । अक्षयले भिडियो सार्वजनिक गर्दै लेखेका थिए, ‘ब्रेकिङ न्युजः एउटा यस्तो झगडा जसले तपाइको दिन बनाउन सक्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ