arrow

अक्षयको नागिन नाचले बलिउड हल्लायो, १ दिन नबित्दै हेरियो १ करोड पटक

logo
प्रकाशित २०७६ मंसिर १८ बुधबार
akshayas.JPG

काठमाडौं ।  बलिउड अभिनेता अक्षय कुमारको चलचित्र गुड न्यूजको नयाँ गीत 'सौदा खरा खरा' रिलीज भएको छ। मंगलबार गीत रिलिज भएसँगै सोशल मिडियामा धमाका मच्चाएको छ ।  नयाँ गीत 'सौदा खरा खारा' सर्वजनीक भएको २४ घण्टामा १ करोड बढि पटक हेरिएको छ ।

तर त्योभन्दा पनि अधिक गीतमा अक्षय कुमारको नागीन नृत्य बढी मन पराइएको छ।  अक्षय कुमारले गुड न्यूजको गीत 'सौदा खरा खारा' मा नागिन नृत्य प्रस्तुत गरेका छन्।  'सौदा खरा खरा' गीतमा नागिन नाच्न एक भिडियो क्लिप हेरेपछि अक्षयले यस्तो आएको बताएका छन् ।

अक्षय कुमारले भने, 'म एउटा विवाहको भिडियो हेरिरहेको थिएँ, जसमा एउटा मान्छे दुलहीको सामुन्ने घोडामा नागिन नाच्दै बसिरहेका थिए । उनी र मबीचको भिन्नता यो हो कि उनी पिएर नाच्दै थिए भने मैले पिइन। भिडियोमा मैले देखें कि उनले एक मान्छेको घोडीमा बसेर एक रुपैयाँ खोसिरहेका थिए । मसँग त्यो भिडियो अझै छ। त्यो हेरेपछि मलाई लाग्यो कि मैले 'सौदा खरा खरा' गीतमा त्यस्तै केही गर्नुपर्नेछ।'

'सौदा खरा खरा' रिलीज हुने बित्तिक सोशल मीडियामा भाइरल भएको छ। अक्षय कुमार बाहेक गीत दिलजितजीत दोसांझ र कियारा आडवाणी छन् । 'सौदा खरा खारा' दिलजीत दोसांझ, सुखबीर र ध्वनि भानुशालीले गाएकी हुन्। एकै साथ अक्षय कुमारलाई हाउसफुल ४ र गुड न्यूजमा एकै जस्तो देखिने पोशाक लगाएका कारण  उनको सोशल मिडियामा नराम्ररी ट्रोल गरिएको थियो।

 फिल्ममा अक्षयसँग अभिनेत्री करीना कपूर खान, कियारा आडवाणी र दिलजीत दोसांझ मुख्य भूमिकामा छन्।  फिल्म 'गुड न्यूज' २७ डिसेम्बर २०१९ मा रिलीज हुन गइरहेको छ। फिल्मको कथा आईवीएफ टेक्नोलोजीको अवधारणामा छ। करण जोहरको धर्मा प्रोडक्शन्सको ब्यानरमा निर्मित यस फिल्मको निर्देशन राज मेहताले गरेका छन्। भर्खरै रिलीज भएको यस फिल्मको ट्रेलर दर्शकहरूले धेरै मन पराएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ