arrow

रोनाल्डोको सफलतामा जल्थे मेस्सी, गरे स्विकार

logo
प्रकाशित २०७६ मंसिर १८ बुधबार
messi-award.jpg

 एजेन्सी। बार्सिलोनाका सुपरस्टार फुटबलर लियोनेल मेस्सीलाई छैठौं पटक ‘ब्यालोन डी’ओर अवार्ड’ प्रदान गरिएको छ। मंगलबार मेस्सीले  उपाधि प्राप्त गरेका हुन् । योसँगै उनले पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोलाई पछाडि पारेका छन, जसले ५ पटक यो उपाधि जितेका थिए।  अवार्ड समारोहमा रोनाल्डोले बराबर गरेपछि लियोन मेस्सीलाई ईर्ष्या लागेको मेस्सी आफैले स्वीकारेका छन्  ।

क्रिस्टियानो रोनाल्डोले २०१७  मा पाँचौं पटक ‘ब्यालोन डी’ओर अवार्ड’ को उपाधि जितेका थिए । रोनाल्डोले उपाधि पाएपछि गाह्रो भएको  मेस्सीले पेरिसमा आयोजित पुरस्कार समारोहमा स्वीकारे गरेका छन् ।  मेस्सीले २००९ देखि २०१२ सम्म लगातार चार पटक उपाधि जितेका थिए । भने उनले २०१५ मा पाँचौं उपाधि जितेका थिए ।

 त्यस्तै रोनाल्डोले २००८, २०१३, २०१४, २०१६ र २०१७ मा ‘ब्यालोन डी’ओर अवार्ड’जितेर  मेस्सीको बराबरी गरेका थिए ।

मेस्सीले स्वीकारे कि रोनाल्डोले पाँचौं पुरस्कार लिदै गरेको देख्नु उनको लागि गाह्रो थियो  । लियोन मेस्सीले भने, 'जब मैले पाँचौं पुरस्कार जिते, तब म खुशी भएँ, किनकि यस्तो गर्नै एक मात्र म थिएँ। जब क्रिस्टियानोले मलाई भेट्टाए, मलाई अलिकति समस्या भयो किनभने म धेरै समयसम्म शीर्षमा एक्लै रहन सकिन। यो बुझन सकिन्छ , तर यो राम्रो थियो जब म पाँच पुरस्कारको साथ एक्लै थिएँ। '

मेस्सीले अघि भने, 'म केहि बर्षहरुमा निराश थिए ? भन्न सक्दछु, म किन जित्न सकिन भन्ने कुरा मैले बुझे। टिमको रूपमा हामीले हाम्रो सबैभन्दा ठूलो लक्ष्य हासिल गर्न सकेनौं, जुन च्याम्पियन्स लिग जित्नु थियो । जसले तपाईलाई ‘ब्यालोन डी’ओर अवार्ड’मा जित्नको लागि बढी अवसर प्रदान गर्दछ। जब रोनाल्डोले यो उपाधि जितेका थिए उनीको त्यो सर्वश्रेष्ठ सिजन थियो । सोहि समय उनले च्याम्पियन्स लिग जितेका थिए र उनि निर्णायक साबित भएका थिए । उनी यसको हकदार थिए तर मैले राम्रो खेल्न सकिन ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ