arrow

सागको पदक तालिकामा नेपाल दोस्रो स्थानमा, उछिन्यो भारतले 

logo
प्रकाशित २०७६ मंसिर १८ बुधबार
sag-logo.jpg

काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद सागमा नेपाल पदक तालिकामा दोस्रो स्थानमा झरेको छ । 

पदक भिडन्तका सुरुआती दुई दिन सोमबार र मंगलबार शीर्ष स्थानमा रहेको नेपालले तेस्रो दिन कममात्र पदक जितेपछि दोस्रो स्थानमा धकेलिएको हो । 

सोमबार (मंसिर १६ गते) १५ स्वर्णपदक, दोस्रो दिन मंगलबार (मंसिर १७ गते) ८ स्वर्ण र तेस्रो दिन बुधबार नेपालले केबल ६ स्वर्णमात्र जितेको हो । 

नेपालले २९ स्वर्ण, १५ रजत र २५ कास्यसहित ६९ पदक बटुल्दै दोस्रो स्थानमा झरेको हो । 

पहिलो स्थानको भारतले ३४ स्वर्ण, २३ रजत र १३ कास्यगरी ७० पदक जितेको छ । पाकिस्तानले ९ स्वर्ण, १८ रजत र १८ कास्य गरी ४५ पदक बटुलेको छ ।

चौथो स्थानको श्रीलंकाको ८ स्वर्ण, २३ रजत र ३८ कास्यपदक सहित ६९ पदक छ । पाँचौं स्थानको बंगलादेशको ४ स्वर्ण, ७ रजत र २६ कास्यसहित ३७ पदक छ । 

माल्दिभ्सको १ स्वर्ण र २ कास्य गरी ३ पदक छ । पुछारको भुटानले स्वर्णको खाता खोलेको छैन । भुटानले ४ कास्य जितेको छ । 

३१७ स्वर्ण, ३१७ रजत र ४८१ कास्यपदकका लागि भीडन्त भइरहेको हो । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ