arrow

आईपिएल क्रिकेट: गुजरातले पञ्जाबलाई हरायो

logo
प्रकाशित २०७२ चैत २९ सोमबार
IPL_Finch.jpg.jpeg
काठमाडौं। भारतमा जारी आईपिएल क्रिकेट प्रतियोगितामा गुजरात लायन्सले किङ्ग्स ईलेभेन पञ्जाबलाई ५ विकेटले पराजित गरेको छ। 
 
टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ६ विकेटको क्षतीमा १६१ रन बनाएको थियो। मुरली बिजयले ४२ र मनन भोराले ३८ रनको योगदान दिएका थिए। गुजरातकालागि वेष्टईण्डियन स्टार ड्वेएन ब्राभोले ४ विकेट हात पारेका थिए। 
 
जवाफमा ब्याटिङ गर्न ओर्लेको गुजरातले १६२ रनको लक्ष्य १७.५ ओभरमा ५ विकेटको नोक्सानीमा पुरा गरेको थियो। गुजरातकालागि अष्ट्रेलियन खेलाडी एरोन फिन्चले ७४ रन बनाएका थिए। 
 
ठुलो स्ट्रोककाालगि प्रख्यात ब्रेण्डन मकलम खाता नै नखोली पेवेलियन फिर्ता भएका थिए। दिनेश कार्तिकले ३७* रन बनाएका थिए। फिन्छ र कार्तिकले सम्हालिएर केलका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ