arrow

सागको फुटबलमा नेपाल श्रीलङ्कासंग अंक बाँड्न वाध्य 

logo
प्रकाशित २०७६ मंसिर १९ बिहिबार
sag-football.jpg

काठमाडौँ । राजधानीमा जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले श्रीलङ्कासँग बराबरी खेलेको छ । अन्तिम समयमा संयमित भएर खेल्न नसक्दा नेपालले श्रीलङ्कासँग १–१ गोलको बराबरी खेल्नुपरेको हो ।     
     
 त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बुधबार नेपालका लागि खेलको ३६औँ मिनेटमा कप्तान सुजल श्रेष्ठले पेनाल्टीमार्फत गोल गरेका थिए । अन्तिममा खेलको इन्जुरी समयमा श्रीलङ्काले गोल फर्कायो ।

थप गरिएको चार मिनेटको इन्जुरी समयमा श्रीलङ्काका लागि जज सुपानले गोल गरेका थिए । नेपालले दुई खेलमा चार अङ्क जोडेको छ ।

यसअघि नेपालले भूटानलाई ४–० गोलले पराजित गरेको थियो । नेपालले अब शनिबार माल्दिभ्ससँग तथा आइतबार बङ्गलादेशसँग खेल्नेछ ।     



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ