arrow

साग अन्तर्गत बिहीबार १७ खेल, पाँच खेलको सुरुआत

logo
प्रकाशित २०७६ मंसिर १९ बिहिबार
sag-logo.jpg

काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बिहीबार विभिन्न १७ खेलमा प्रतिस्पर्धा हुँदैछ । जसमा पाँच खेलको सुरुआत बिहीबार हुनेछ ।

बिहीबार पौडी, बिच भलिबल, भारोत्तोलन, बास्केटबल र आर्चरीका खेलहरु सुरु हुँदैछन् । 

आर्चरीतर्फ नेपाल सहित भुटान, श्रीलंका र बंगलादेशको सहभागीता हुनेछ ।
भारातोलन पोखरा रंगशालाको कभर्ड हलमा५ स्पर्धा हुनेछ । 
पौडीको पहिलो दिन नेपालले ८ ईभेन्टमा प्रतिस्पर्धा गर्नेछ ।
बिच भलिबलको पहिलो दिन विभिन्न ६ खेल हुनेछन् । नेपालको पुरुषमा ४ खेल र महिलामा दुई खेल हुनेछन् ।
बास्केटबलमा दुवै महिला र पुरुषतर्फको खेल हुनेछ । पुरुष र महिला दुबैमा नेपालले बिहिबार बंगलादेशसँग खेल्नेछ । पुरुषको अर्को खेलमा भुटान श्रीलंका खेल्नेछ ।

अन्य खेलमा एथ्लेटिक्स, ब्याडमिन्टन, क्रिकेट, फुटबल, गल्फ, ह्यान्डबल, कबड्डी, सुटिङ, टेबलटेनिस, तेक्वान्दो, टेनिस र उसुको प्रतिस्पर्धा हुनेछ ।

ब्याडमिन्टन, महिला क्रिकेट, महिला फुटबल, भारोत्तोलन, बिच भलिबल, आर्चरी र ह्यान्डबल पोखरामा हुनेछन् भने बाँकी खेलहरु काठमाडौंमा हुनेछन् ।
तेक्वान्दोतर्फ बिहीबार नेपालले स्वर्णपदक जित्ने सम्भावना छ । मनिता शाहीबाट नेपालले ठूलो अपेक्षा गरेको छ । 

फुटबलतर्फ महिला फुटबलमा नेपालले माल्दिभ्सको सामना गर्दैछ । दिउँसो २ बजे पोखरा रंगशालामा खेल हुनेछ । सागको पुरुष फुटबलतर्फ काठमाडौंमा भुटान र माल्दिभ्सबीच तथा श्रीलंका र बंगलादेशबीच खेल हुँदैछ । 

क्रिकेटमा पुरुषतर्फ टियु क्रिकेट मैदानमा नेपालले भुटानसँग खेल्दैछ । खेल बिहान ९ बजे सुरु हुनेछ । 

उसुमा १८ स्वर्णको लागि प्रतिस्पर्धा हुँदैछ । २२ स्वर्ण रहेको उसुको अन्तिम दिन बिहीबार सम्पूर्ण विधाको स्वर्ण छिनोफानो हुनेछ ।

सुटिङमा सुटिङतर्फ महिला तथा पुरुष तर्फ दुई दुई विधामा फाइनल खेल रहेका छन् । 

एथ्लेटिक्समा दशरथ रंगशालामा बिहान ९ बजेबाट सुरु हुने एथ्लेटिक्समा १४ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । 

टेबल टेनिसमा विभिन्न प्रतिस्पर्धा हुँदैछन् । 

ह्याण्डबलमा नेपालले श्रीलंकासंग खेल्नेछ भने माल्दिभ्स महिला टिमले पाकिस्तान महिला टिमसंग खेल्ने छ । पुरुषमा बंगलादेश र माल्दिभ्स तथा नेपाल महिला टिम र श्रीलंकासंग खेल्ने छ ।
कबड्डीतर्फ महिला पुरुषमा नेपालको महिला टिमले श्रीलंकासंग खेल्नेछ । 

ब्याडमिन्टनमा नेपालले पुरुष सिंगल, डबल्स तथा मिक्स डबल्सको सेमिफाइनल खेलहरु खेल्नेछ । 

गल्फमा नेपालका सुवास तामाङ र महिलामा श्रीलंकाकी ग्रेस यातावाराले अग्रता बनाएका छन् ।

टेनिस सातदोबाटोस्थित टेनिस कोर्टमा जारी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ