arrow

पी चिदम्बरम रिहा

logo
प्रकाशित २०७६ मंसिर १९ बिहिबार
p-chidambaram.png

काठमाडौं । आइएनएक्स मिडिया घोटालाका आरोपी भारतका पूर्व वित्त मन्त्री पी चितम्बर जमानतमा रिहा भएका छन् । ७४ वर्षीय चिदम्बरमलाई सर्वोच्च अदालतले मुद्रा अपचलन काण्डमा ससर्त जमानत दिएको हो ।

बुधबार अवेर उनी तिहाड जेलबाट रिहा भएका हुन् । उनले बाहिर आएर आफू खुशी भएको  स्वतन्तताको हावामा स्वास लिएको प्रतिक्रिया दिएका छन् । 

चितम्बरमले बिहीबार पत्रकार सम्मेलन गर्ने समेत बताएका छन् । यसअघि अदालतले उनलाई कुनै पनि प्रकारका साक्षी वा सबुत प्रमाणलाई प्रभावित पार्ने खालका कुनै पनि गतिविधि नगर्न चेतावनी दिएको थियो । 

उक्त चेतावनी अनुसार चितम्बरमले मिडियामा यसबारे कुनै बयानबाजी गर्न पाउने छैनन् । 

यसअघि प्रवर्दन निर्देशालय ईडीले उनको जमानतको मागमा दिल्ली उच्च अदालतले अस्वीकार गरेको थियो । चितम्बरमले यसबारेमा अदालतलाई चुनौती दिएका थिए । शीर्ष अदालत उनलाई भ्रष्टाचार मुद्धामा बेल दिएको थियो । 

चितम्बरमले रिहा भए लगत्तै भारतीय कांग्रेसकी अध्यक्ष सोनिया गान्धीलाई भेटेका थिए । 

गिरफ्तारीको दुई महिनापछि जेलबाट बाहिर आएका चितम्बरम अदालतको आदेश विना विदेश जान पाउने छैनन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ