arrow

कर्नाटकमा विधानसभाको उपचुनाव, सरकार जोगाउन भाजपाले जित्नैपर्ने

मतदान जारी, किन भयो उपचुनाव ?

logo
प्रकाशित २०७६ मंसिर १९ बिहिबार

काठमाडौं । भारतको कर्नाटकमा १५ विधानसभा सिटमा उपचुनाव भइरहेको छ । बिहान ७ बजेदेखि मतदान भइरहेको हो । 

यसलाई राज्यको मिनी विधानसभा चुनाव मानिएको छ । भाजपाको सरकार बचाउनका लागि १५ मध्ये ६ सिट कुनै पनि हालतमा जित्नुपर्ने हुन्छ । 

यस्तो हुन नसके येदियुरप्पा सरकार ढल्ने सम्भावना हुन्छ । यसको परिणाम ९ डिसेम्बरसम्म आइसक्नेछ । उपचुनावमा भाजपा, कांग्रेस र जेडीएस छुट्टाछुट्टै चुनावी रणभूमिमा छन् । 

१५ सिटका लागि १६५ जना उम्मेदवार मैदानमा छन् । १२६ निर्ददीय र ९ जनामात्र महिला छन् । यो चुनाव भाजपाका लागि  प्रतिष्ठाको लडाइका रुपमा लिइएको छ । कांग्रेसलाई शाख जोगाउने र जेडीएसलाई किङ मेकर बन्नका लागि मौका भएको विष्लेषण गरिएको छ । 

किन भयो उपचुनाव ? 
कांग्रेस र जेडीएसका १७ विधायकले तत्कालीन मुख्यमन्त्री कुमारस्वामीको फ्लोट टेष्ट भन्दा पहिले राजीनामा दिएका थिए । सभामुख केआर रमेश कुमारले राजीनामा स्वीकार गर्दै सबै विधायकलाई अयोग्य घोषित गरेका थिए । 

सोही कारण १५ सिटमा चुनाव हुँदा २ सिट (मस्की र राजराजेश्वर नगर) मा कर्नाटक उच्च अदालतले रोकेको छ । यहाँ पछि चुनाव हुनेछ । 

२२४ सिट रहेको कर्नाटकमा १७ विधेयक अयोग्य भएपछि २०७ सिट रहँदासरकार बनाउनका लागि १०४  सिट भए पुग्ने भएपछि १०६ सिट भएकाले भाजपाले सरकार बनायो । 

तर १५ सिटमा चुनाव भएपछि बहुमत पुग्न १११ सिट जित्नु पर्छ । अब बहुमतको आँकडा पार गर्न भाजपालाई १५ मध्ये ६ सिट जित्नै पर्नेछ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ