arrow

अष्ट्रेलियाका पत्रकार चीनको जेलमा यातना पाउँदै

पत्रकारहरुको अन्तराष्ट्रिय संगठन आईएफजेले जनायो विरोध

logo
प्रकाशित २०७६ मंसिर १९ बिहिबार
yang-journalist-ifj.jpg

काठमाडौं। सन् २०१९ जनवरी १९मा चीनमा पक्राउ परेका अष्ट्रेलियन लेखक यांग झेङ्गजुनलाई शिघ्र रिहा गर्न पत्रकारहरुको अन्तराष्ट्रिय संगठन (आईएफजे)ले आव्हान गरेको छ। उनलाई चीनको जेलमा यातना दिईएको र परिवारलाई भेट्न नदिईएको भन्दै आईएफजेले उनको पक्राउको निन्दा गर्दै अविलम्ब रिहाईको माग गरेको छ।

यांगलाई सुराकी गरेको आरोपमा पक्राउ गरेको उनका वकिल रब स्टेरीले बताएका छन्। उनलाई हत्कडी र नेलमा राखिएको छ। रबका अनुसार चीनले यांगलाई बाहिरी दुनियाँसंग सम्पर्कबिहिन बनाएको छ। उनलाई उनका मित्र तथा परिवारलाई पनि भेट्न दिईएको छैन।

अष्ट्रेलियाई बिदेश मन्त्री मरिसे पेनले चीनले यांगलाई गरेको ब्यवहार अमान्य रहेको बताएकी छिन्। पेनले भनेकी छिन् ‘यांगलाई लगाईएको आरोप बारे खुलस्त पार्न चीन सरकारलाई बारम्बार भनेका छौं। यांगलाई कानुनी उपचार खोज्न न्युनतम वातावरण बनाउनका साथै मानवीय ब्यवहार जसअन्तर्गत परिवार र वकिलसँगको भेट, जस्लाई लगातार वास्ता गरिएको छैन।‘

यांगको पक्राउबारे आईएफजेसँग आवद्ध अष्ट्रेलियाको संस्था मिडिया, ईन्टरटेनमेन्ट र आर्ट अलाईन्स (एमईएए)ले अष्ट्रेलियाका लगि चीनका राजदुतलाई पत्र लेखेको छ। यांग एमईएएका सदस्य रहेका छन्। ‘यांगको पक्राउबारे एमईएएका पत्रकारहरुको ध्यानाकर्षण भएको छ। हाम्रा मित्र यांग र उनकी श्रीमती युआनबारे हामी चिन्तित छौं। अष्ट्रेलियन नागरिक माथिको चिनिया सरकारको रवैयाले मानवअधिकार हनन् र अज्ञात स्थलमा बन्दी बनाइनुका साथै गंभीर आरोप लगाउनुले चीनमा काम गर्ने पत्रकारहरुको स्वतन्त्र भएर निर्वाह गर्ने पत्रकारिताको कर्म सुरक्षित रुपले बिना कुनै हैरानी गर्न पाउने बारे प्रश्न उठेको छ।‘

आईएफजेले भनेको छ “यांगको सुरक्षा र स्वास्थ्य बारे हामी गंभीर छौं। उनलाई बिना कारण १ बर्षसम्म कैद गरिएको छ साथै उनले उपभोग गर्न पाउने न्युनतम मानवअधिकार पनि खोसिएको अवस्थामा छ। कुनै पनि पत्रकारलाई पत्रकारिता गरेको आरोपमा पक्राउ गर्न पाईदैन। हामी उनको अविलम्ब रिहाईको माग गर्दछौं।“



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ