arrow

सागमा शुक्रबार १९ खेल, यस्तो छ तालिका 

logo
प्रकाशित २०७६ मंसिर २० शुक्रबार
sag-logo.jpg

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत शुक्रबार १९ खेलमा प्रतिस्पर्धा हुँदैछ । शुक्रबार अर्को सहआयोजक शहर जनकपुरमा कुस्ती सुरु हुँदैछ । काठमाडौं, पोखरा र जनकपुरमा प्रतियोगिता भइरहेकामा जनकपुरमा कुस्तीमात्र हुँदैछ । 

पोखरामा आर्चरी पनि शुक्रबारबाटै सुरु हुँदैछ । पाकिस्तानले अन्तिम समयमा हात झिकेपछि बिहीबार उद्घाटनमात्रै भएर शुक्रबारदेखि प्रतिस्पर्धा हुन लागेको हो । 

पोखरामा ब्याडमिन्टन, महिला क्रिकेट, भारोत्तोलन, बिच भलिबल ह्यान्डबल हुँदैछन् । बाँकी खेल काठमाडौंमा हुँदैछन् । 

काठमाडौंमा एथ्लेटिक्स, बास्केटबल, क्रिकेट, गल्फ, कबड्डी, साइक्लिङ, पौडी, सुटिङ, टेबलटेनिस, टेनिस, स्क्वास, बक्सिङ र फेन्सीङमा प्रतिस्पर्धा हुनेछ । 

स्क्वास, बक्सिङ र फेन्सीङ शुक्रबारदेखि नै सुरु हुन लागेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ