arrow

भारतमा करणीपछि हत्याका अभियुक्तहरु प्रहरी ईन्काउण्टरमा मारिए

युवतीलाई जलाएकै ठाउँमा मारिए चारै अभियुक्त

logo
प्रकाशित २०७६ मंसिर २० शुक्रबार
Indian-Police.jpg.jpeg

एजेन्सी। भारतको तेलंगनामा भेटेनेरी डाक्टरको बलात्कार पछि हत्या गरेका चार आरोपितलाई प्रहरीले गोली हानी मारेको छ। हैदरावादका पुलिस कमिश्नरले भारतीय संचारमाध्यमहरुमा उनीहरु इन्काउन्टरमा मारिएको पुष्टी गरेका छन्।

पक्राउ परेका चार आरोपितहरुलाई अनुसन्धानका लागि पिडित युवती मारिएको घट्नास्थलको पुष्टी गर्न लगिएको थियो। त्यहाँबाट अभियुक्तहरु प्रहरीलाई आक्रमण गर्दै भाग्न लाग्दा प्रहरीले गोली प्रहार गरेको बताईएको छ। चारजनाले बलात्कार पछि हत्या गर्दै ति महिलाको शवलाई सोहि स्थानमै जलाएका थिए।

सरकारी अस्पतालमा पशु चिकित्सक रहेकी महिलाको नोवेम्बर २८मा बलात्कार पछि हत्या भएको थियो। उनको जलाईको शव भेटिएपछि चार अभियुक्त पक्राउ परेका थिए। राज्य सरकारले उनीहरुको मुद्धा सुनुवाई गर्न बिशेष अदालतको पनि व्यवस्था गरेको थियो।

उनीहरुले भाग्ने प्रयास गरेपछि गोली हानिएको र अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। तेलंगानाका वलात्कारका आरोपिलाई फाँसिको माग भारतभर भएको थियो। राज्यसभा सांसद जया बच्चनले त ति आरोपिहरुलाई भीडमा कुटेर मार्न समेत संसदमा माग गरेकी थिइन। 

दिल्लीमा भएको निर्भया काण्डका आरोपितहरुलाई घटना भएको सात बर्षसम्म फासि नभएको घटनालाई उदाहरण दिदै यस घटनामा पनि कानुनी माखेसाङलोमा आरोपितहरु सुरक्षित रहने हुन की भन्ने आशंका गरिएको थियो। 

उत्तर प्रदेशमा बिहिवार मात्रै एक वलात्कार पिडित युवतीलाई आरोपितहरुले नै जलाएर मार्ने प्रयास गरेपछि भने सरकार अलि आक्रामक रुपमा आउने अनुमान गरिएको थियो। जनभावनाकै कदर गर्दै यो घटना भएको बुझिएको छ। उत्तर प्रदेशका पिडितलाई आगो लगाएर मार्नेहरुलाई पनि यस्तै इन्काउण्टर हुन सक्ने अनुमान गरिएको छ। 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ