arrow

नेपाललाई एथलेटिक्समा दोस्रो स्वर्ण, गोपीचन्द पार्कीले जिते रेकर्ड 

logo
प्रकाशित २०७६ मंसिर २० शुक्रबार
gopichandra-parki-sag.jpg

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद सागको एथलेटिक्समा नेपालले दोस्रो स्वर्णपदक जितेको छ । गोपीचन्द पार्कीले ५ हजार मिटर दौडमा नेपाललाई स्वर्णपदक दिलाएका हुन् । 

दशरथ रंगशालामा शुक्रबार बिहान भएको दौडमा गोपीले निर्धारित दुरी १४ मिनेट ५४.०२ सेकेन्डमा पुरा गर्दै स्वर्ण पदक जितेका हुन् । 

हरि रिमालले यही स्पर्धामा कास्यपदक जितेका छन् । यसअघि १० हजार मिटर दौडमा सन्तोषी श्रेष्ठले स्वर्णपदक जितेकी थिइन् । 

नेपालले अहिलेसम्म ३७ स्वर्णपदक जितेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ