arrow

फेरि नेपाल किन गइन्छ?

logo
बासुदा सत्याल
प्रकाशित २०७६ मंसिर २० शुक्रबार
Basuda-satyal.jpeg

सहनशीलताको यो देशमा चाहेको सबै पाइन्छ
गल्ली यहि पाईन्छ, भट्टी यहि पाईन्छ
मरन्च्यासेदेखि पाखुरावाला सबै यहि पाइन्छ
तर फेरि नेपाल किन गइन्छ?

गुन्द्रुक यही पाइन्छ, मस्यौरा यहि पाइन्छ 
ढीडो र सुकुटी चपाउदै नशामा 
समाजसेवाको गफ ठोक्न यहि पाईन्छ
दुई चार सय लुट्न यहि पाइन्छ ।
तर फेरि नेपाल किन गइन्छ?

सेना पाइन्छ, पुलिस पाइन्छ
युद्धकालिन लडाकुदेखि मानबतस्कर, सुन तस्कर, यहि पाइन्छ
ग्राहक नभएर पनि दुकान चलाउन यहि पाइन्छ
पसलको व्यापार नभए पनि भित्रभित्रै 
अर्कै व्यापार गर्न पाइन्छ
पख पख भनेर कामदारको तलव 
दुई चार महिना लतारेर, थर्काएर साहु वन्न यही पाइन्छ 
तर फेरि नेपाल किन गइन्छ?

पत्रकार यहि पाइन्छ
स्तम्भकार, निबन्धकार यहि पाईन्छ
हुँदै नभाको समाचारले एक दिनमै हिट खाइन्छ
तर फेरी नेपाल किन गइन्छ ?

दस युरो चन्दा दिएर करोड कमाउन यहि पाइन्छ
भने जस्तो गाडी चढन पाइन्छ
तर फेरि नेपाल  किन गइन्छ?

खादा यही पाइन्छ, सम्मान यहि पाइन्छ
एयरपोर्टमा दुई चार हुलको स्वागत यहि पाइन्छ
तर फेरि नेपाल किन गइन्छ?

कुरो नवुझेर के भो?
मंचमा वस्न, अध्यक्ष वन्न यहि पाइन्छ
खतरा खतरा क्रान्तीका कुरा अनि भासण सुन्न यहि पाइन्छ
तर फेरि नेपाल किन गइन्छ?

न थिम चाहिन्छ
न एङल चाहिन्छ
दुई चारलाई गाली गर्दै
फेसबुकमा लेखेको भरमा पत्रकार यहि बनिन्छ
तर फेरि नेपाल किन गइन्छ?

घर नै किन चाहिन्छ?
दश युरोमा रेस्ट 
पचास युरोमा फुल डे वस्न यतै पाइन्छ 
तर नेपाल किन गइन्छ?

नेपालमा भेट्न नसक्ने भुवन केसी ज्योती मगरलाई यहि भेट्न पाइन्छ
काभो दि रोकामा लगेर सेल्फी हान्न पाइन्छ
तर फेरि नेपाल किन गइन्छ
कफीको पैसा नतिरेर के भो ?
पार्कहरुमा बार्बिक्यु र रोस्ट हान्न यहि पाइन्छ
तर नेपाल किन गइन्छ?

घरमा किच किच गरे वाहिरै 
सर्बेजा र भिनो हान्न पाईन्छ 
बुवा आमा बुढा भए अव 
जानु पर्छको गित त पटक पटक  गाइन्छ
तर नेपाल किन गइन्छ ?

साथीलाई भाडिन्छ 
आफ्नै देश जानु पर्छ भनिन्छ 
यहाँ वसेर हुन्न भनिन्छ
तर नेपाल किन गइन्छ ?

रेसिडेन्सी अप्प्लाई गरेको दिन 
पासपोर्ट अप्लाई गरेको दिन
दैनिक ईमेल र ट्र्याकिङमा आँखा लाइन्छ
सिमा मिचो भन्दै दूतावासमा नारा लाइन्छ
तर नेपाल किन गइन्छ ?

नेता यहि पाइन्छ 
खादा यतै लाइन्छ
ट्यापे यहि पाइन्छ
मुन्द्रे यहि पाइन्छ 
मन नपरेकालाई 
तिनै उठाएर लगाउन यहि पाइन्छ ।।
तर नेपाल किन गइन्छ?

सब चिज यहाँ पाइन्छ,
फेरि नेपाल किन गइन्छ?

(लेखक पोर्तुगलमा बस्दै आएका छन्)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ