arrow

कीर्तिमानको भण्डारै भइन् गौरिका, थपिन् अर्को स्वर्ण 

यस्तो छ गौरिकाको चित्त दुखाई 

logo
प्रकाशित २०७६ मंसिर २० शुक्रबार
gaurika-singh-sag-gold.jpg

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद सागमा गौरिका सिंहले फेरि अर्को स्वर्णपदक जितेकी छिन् । उनले दोस्रो स्वर्णपदक जित्ने क्रममा सातदोबाटोस्थित पौडी पोखरीमा शुक्रबार दुई सय मिटर ब्याकस्ट्रोकमा स्वर्ण हात पारेकी हुन् । 

 गौरिकाले निर्धारित दूरी २ मिनेट १७.७३ सेकेण्डको समय निकाल्दै स्वर्णपदक जितेकी हुन् । 

बिहीबार  महिला २०० मिटर फ्रिस्टाईलमा स्वर्ण जितेकी गौरिकाले ब्याक टु ब्याक अर्को स्वर्ण पदक जितेकी हुन् । 

नेपाली कुनै पनि खेलाडीले सागमा यसअघि व्यक्तिगत तर्फ स्वर्णपदक जितेको थिएन । गौरिकाले एकमात्र हैन दुई वटै स्वर्ण जितिन् । उनले टिम इभेन्टमा कास्य पनि जितेकी छिन् । 

उनले अझै ६ वटा स्पर्धामा प्रतिस्पर्धा गर्न बाँकी छ । 

जोश पुरानै होश नयाँ 
गौरिकाको जोश पुरानै हो । उनी रियो ओलम्पिककी सबैभन्दा कान्छी खेलाडी बनेर विश्व कीर्तिमान नै राखेकी थिइन् । 

उनले १२ औं सागमा एक रजत र दुई कास्य जितेकी थिइन् । त्यतिबेलै प्रण गरेकी थिइन् कि १३ औं सागमा स्वर्ण जित्छु । नभन्दै जितिन् पनि । 

उनको जोश पुरानै छ । उनको उमेरलाई हेर्दा अझै सात आठ वटा साग त खेल्छिन् पनि होला । 

होश सम्हालिन् 
यसपटक पहिलो स्वर्ण जित्नासाथ उनले होश सम्हालेर कुरा गरिन् । पत्रकारहरुलाई उनले आफूले नेपालकै लागि खेलेको र नेपाली भए पनि विदेशी भनेर चर्चा गर्ने गरेकोमा दुखेसो पोखिन् । 

उनी परिवारसहित बेलायत बस्छिन् । उनकी आमा गरिमा राणा एसएलसी टपर हुन् । बाबु चिकित्सक हुन् । तर उनी खेलाडी हुन् र अब्बल दर्जाकी खेलाडी बनेकी छिन् । अहिलेसम्मका कुनै पनि नेपाली स्वीमरले राख्न नसकेको कीर्तिमान उनले राखेकी छिन् । 

उनले आफूले नेपालकै लागि खेलेको र यो स्वर्णपदक पनि नेपालकै भएको बताएकी थिइन् । यो उनले होश सम्हालेर बोलेको चिज हो । आशा गरौं कि गौरिकाले देशका लागि अझ थुप्रै पदक जितुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ