arrow

सागमा नेपालको हरेक दिन कीर्तिमान

स्वर्णमा भारत नेपालभन्दा दोब्बर अगाडि 

logo
प्रकाशित २०७६ मंसिर २० शुक्रबार
medal-sag.JPG

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद सागमा नेपालले हरेक दिन कीर्तिमानलाई अझ मजबुद बनाउँदै गएको छ । नेपालले स्वर्णपदकको संख्या थप्दै गएपछि कीर्तिमान पनि हरेक दिन बन्दै गएको हो । 

नेपालले १२ औं सागसम्म जम्मा ७१ स्वर्णपदक जितेको थियो । सन् १९९९ को काठमाडौंमा सम्पन्न आठौं सागमा नेपालले ३१ स्वर्णपदक जितेको थियो । 

त्यसअघि र पछि नेपालले स्वर्णपदकमा दोहोरो अंक छुन सकेको थिएन । यसपटक भने नेपालले ३१ को आँकडा पार गर्दै हरेक दिन कीर्तिमानलाई अझ मजबूद बनाउँदै लगेको छ । 

नेपालले शुक्रबारसम्म ४१ स्वर्णपदक जितिसकेको छ । यो आफैमा नयाँ कीर्तिमान हो । आउँदो मंगलबार समापनको दिनसम्म नेपालको पदकमा थप सुधार हुने निश्चित छ । 

३१७ स्वर्णपदकका लागि भएको भिडन्तमा अहिलेसम्म १६९ स्वर्णपदकको छिनोफानो भएको छ । जसमा भारतले ८१ स्वर्णपदक जितिसकेको छ ।

नेपालको ४१ र तेस्रो स्थानको श्रीलंकाको २३ स्वर्णपदक छ । चौथो स्थानको पाकिस्तानको १९, पाँचौं स्थानको बंगलादेशको ४, छैटौं स्थानको माल्दिभ्सको १ र भुटानको ० स्वर्णपदक रहेको छ । 

तस्वीरमा शुक्रबारसम्मको पदक तालिका देख्न सकिन्छ । तुलनात्मक रुपमा नेपाल कमजोर नै मानिन्छ । घरेलु भूमिमा मात्र नेपाल अलि बढी सशक्त देखिएको छ । तर यसपटक नेपालले नसोचेका खेलमा पनि पदक जितेकाले तालिका अझै रोचक बन्ने पक्का छ । 

नेपालले अहिलेसम्म नजितेका खेलहरु पौडी (टिम इभेन्टमा सन् १९९९ मा बाहेक), गल्फ, एथलेटिक्स (बैकुण्ठ मानन्धरबाहेक), साइक्लिङ, भारोत्तोलन (कमलबहादुर अधिकारीबाहेक) मा पनि स्वर्णपदक जितेर नेपालले सफलता हासिल गरेको छ । यो क्रम रोकिएको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ