arrow

सागमा बक्सिङका तीन नेपाली खेलाडी सेमिफाइनलमा, दीपक श्रेष्ठ नकआउट    

logo
प्रकाशित २०७६ मंसिर २१ शनिबार
boxing-moscot-final.jpg

काठमाडौँ । तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता सागअन्तर्गत बक्सिङतर्फ तीन नेपाली खेलाडी सेमिफाइनल प्रवेश गरेका छन् । ललितपुरको सातदोबाटोस्थित कभर्ड हलमा शुक्रबार भएको प्रतिस्पर्धामा पुरुषतर्फ तीन खेलाडी सेमिफाइनलमा पुगेका हुन् ।     
     
 नेपालबाट सुशील थापामगर ४९ किलो लाइट फ्लाइमा श्रीलङ्काका नुवान कुमारालाई पराजित गरी सेमिफाइनलमा पुगेका छन् । 

यस्तै ६० किलो लाइट वेटमा सुनिल शाही भुटानका निमा दोर्जीलाई हराएर सेमिफाइनल प्रवेश गरेका छन् । 

भुपेन्द्र थापाले ६४ किलो लाइट वेटमा भुटानकै वाङ्दी दोर्जेलाई पराजित गरी सेमिफाइनलमा स्थान बनाए । 

स्वर्ण पदकको दाबेदारका रुपमा हेरिएका दीपक श्रेष्ठ भने ७५ किलो तौलमा भारतका अङ्कित खतानासँग नकआउट भए । उनी तेस्रो बाउट खेल्ने क्रममा रिङ्मै ढलेका हुन् ।

शनिबार स्वर्णपदकको भिडन्त हुनेछ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ