arrow

मालदिव्सलाई पराजित गर्दै नेपाली पुरुष फुटबल स्वर्णको यात्रामा

logo
प्रकाशित २०७६ मंसिर २१ शनिबार
football-sag-nep.jpg

काठमाडौं। नेपालले माल्दिव्सलाई २-१ गोलले पराजित गर्दै १३औं सागमा पुरुष फुटबलको स्वर्णको संभावना नजिक पुगेको छ। अहिलेको समिकरणमा नेपालले भोलि हुने बंगलादेशसँगको खेलमा १ अंक मात्र ल्याए पनि फाईनलमा पुग्ने छ।

खेलको १७औं मिनेटमा मालदिव्सले सुरुवाती अग्रता लिएको थियो। माल्दिव्सका हुसेनले गोल गरेका थिए। खेलको ४३औं मिनेटमा नेपालका अभिषेक रिजालले गोल गर्दै खेल बराबरी गरेका थिए।

खेलको ५१औं मिनेटमा अनन्त तामाङले नेपालका लगि गोल गर्दै २-१को अग्रता दिलाएका थिए। अन्तत: त्यही गोल निर्णायक सावित भयो र नेपालले तीन अंक जोड्न सफल भयो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ