arrow

सागको बक्सिङमा छ नेपाली खेलाडी फाइनलमा    

logo
प्रकाशित २०७६ मंसिर २२ आइतबार
Minu-Gurung-wins-against-Ba.jpg

काठमाडौँ । तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता सागअन्तर्गत बक्सिङतर्फ नेपालका चार महिला र दुई पुरुष खेलाडी फाइनल प्रवेश गरेका छन् ।      
     
 सातदोबाटोमा शनिबार भएको महिलातर्फको ४८ किलो तौल समूहमा नेपालकी ललिता महर्जन, ५४ किलो तौल समूहमा मिनु गुरुङ, ६० किलो तौल समूहमा सङ्गीता सुनार र ६४ किलो तौल समूहमा पुनम रावल फाइनलमा प्रवेश गरेकी छिन् । 

ललिताले श्रीलङ्काका नादिका पुष्प रनासिङ्घे अर्चचिघेलाई अङ्कका आधारमा हराइन् । यस्तै मिनुले बङ्गलादेशका ओनिता इस्लामलाई अङ्ककै आधारमा पराजित गरेकी हुन् । सङ्गीताले पनि श्रीलङ्काकी केशानी हंसिका कस्तुरी अर्चचिघेलाई अङ्ककै आधारमा हराएकी हुन् भने पुनम बाई पाएर सोझै फाइनल पुगेकी हुन् ।      
     
 यस्तै पुरुष ६४ किलो तौल समूहमा भूपेन्द्र थापामगर बङ्गलादेशका मोहमद अलामिनलाई अङ्कका आधारमा हराउँदै फाइनल पुगेका छन् । पुरुष ९१ किलो तौल समूहमा आशिष दुवाडी बाई पाएर सोझै फाइनल प्रवेश गरेका छन् ।

शनिबारै सम्पन्न खेलमा पुरन राई र सुशील थापामगरले कास्य पदक पक्का गरेका छन् । पुरुष ४९ किलो तौल समूहमा थापामगर भारतका विनोद तनवरसँग अङ्कका आधारमा पराजित भए । 
     
 यस्तै ५६ किलो तौल समूहमा राई सेमिफाइनलमा बङ्गलादेशका मोहमद रोविन मियासँंग पराजित भए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ