arrow

सागमा आइतबार १५ खेल, के कहाँ ? 

logo
प्रकाशित २०७६ मंसिर २२ आइतबार
sag-logo.jpg

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा आइतबार १५ खेलमा प्रतिस्पर्धा हुँदैछ । सागमा आइतबार आर्चरी, कुस्ती, बास्केटबल, बक्सिङ, क्रिकेट, फेन्सिङ, फुटबल, ह्यान्डबल, जुडो, पौडी, टेनिस, बिच भलिबल, सुटिङ, स्क्वास र भारोत्तोलनमा प्रतिस्पर्धा हुनेछ ।

कुस्ती जनकपुरमा तथा महिला क्रिकेट, भारोत्तोलन, बिच भलिबल, आर्चरी र ह्यान्डबल पोखरामा हुँदा बाँकी सबै खेल काठमाडौंमा हुनेछन् । जुडोको खेल आइतबारबाट सुरु हुँदैछ । 
–आर्चरीमा आइतबार विभिन्न विधामा फाइनल खेल हुनेछ ।
–कुस्तीको खेल जनकपुरमा आइतबार पनि हुनेछ । 
–पुरुष क्रिकेटमा टेष्ट राष्ट्र श्रीलंका बीच प्रतिस्पर्धा हुनेछ । घरेलु टोली नेपाल भने दुवै टेष्ट राष्ट्रसंग पराजित भएको थियो । क्रिकेट अन्तर्गत महिला क्रिकेटमा आइतबार स्वर्ण पदकको लागि टेष्ट राष्ट्र श्रीलंका र बंगलादेश भिड्दै छन् । नेपालले कास्य पदक जितेको छ ।
–पुरुष फुटबलतर्फ नेपालले बंगलादेशको सामना गर्दैछ । नेपाल र बंगलादेशबीचको खेलबाटै फाइनल पुग्ने अर्को टिमको टुंगो लाग्नेछ ।
–जुडोको खेल आइतबारबाट सुरु हुँदैछ । आठौं दिनमा आएर सुरु भएको पहिलो दिन ७ स्वर्णका लागि प्रतिस्पर्धा हुँदैछ । जसमा नेपालका ४ महिला तथा पुरुषतर्फ ३ खेलाडीले भाग लिनेछन् । खेल त्रिभुवन आर्मी क्लबको शारिरीक तथा प्रशिक्षण केन्द्रमा हुनेछ ।

–बक्सिङमा आइतबार विभिन्न १४ तौल समूहको सेमिफाइनल खेल हुनेछ । जसमा नेपालले ६ तौल समूहमा प्रतिस्पर्धा गर्नेछ ।

–भारोत्तोलनमा आइतबार पनि विभिन्न स्पर्धा हुनेछ । पोखरामा हुने खेलमा पुरुषको ३ र महिलाको २ स्पर्धा हुनेछ । पुरुष तर्फ १०२ केजी, १०९ केजी र १०९ केजी माथि तौल समुहको खेल हुनेछ । यस्तै महिलामा ८७ केजी र ८७ केजी माथिको तौल समुहका खेल हुनेछ ।
ह्याण्डबलमा आइतबार अन्तिम दिन स्वर्ण र कास्य पदकको लागि खेल हुनेछ । महिलातर्फको स्वर्णका लागि नेपाल र भारत खेल्ने छन् । पुरुषतर्फ भारतले पाकिस्तानको सामना गर्ने छ । महिलातर्फ कास्यको लागि बंगलादेश र पाकिस्तान भिड्ने छन् । पुरुषतर्फ बंगलादेश र श्रीलंका खेल्नेछन् ।

–बास्केटबलमा आइतबार नेपालले पुरुषमा माल्दिभ्ससँग खेल्ने छ । महिलामा नेपालले भुटानसँग खेल्नेछ । यस्तै थ्री बाई थ्री बास्केटबलको महिलामा नेपालले श्रीलंका र भारतसँग खेल्नेछ । पुरुषमा नेपालले भारतसँग खेल्नेछ ।
–फेन्सिङमा आइतबारदेखि टिम इभेन्टका प्रतिस्पर्धा सुरु हुनेछ । फेन्सिङमा अहिलेसम्म भारतले पाँच र बंगलादेशले एक स्वर्ण जितेको छ । नेपालले एक रजत र चार कास्य जितेको छ । 

–टेनिसमा विभिन्न स्पर्धाको फाइनल खेल हुनेछ।
–बिच भलिबललमा आइतबार सेमिफाइनल र फाइनलका खेलहरु हुनेछन् । महिला र पुरुषमा दुवैतर्फ उपाधिका लागि खेल्ने छन् ।

–पौडीमा आइतबार विभिन्न इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ । गौरिका सिंहले पनि खेल्नेछिन् । 

–सुटिङतर्फ एक मात्रै खेल रहेको छ । सातदोबाटोस्थित सुटिङ हलमा एयर पेस्तोल खेल हुनेछ । दुई चरणमा खेलाईने खेलको फाइनल आइतबार नै हुनेछ ।

–स्क्वासतर्फ आइतबार महिला पुरुष तथा टिम इभेन्टमा प्रतिस्पर्धा हुँदैछ । सातदाबोटोस्थित स्क्वास हलमा हुने खेलमा नेपालले टिम इभेन्ट तर्फमात्रै खेल्नेछ । अन्य विधामा भने नेपाल यस अघिनै बाहिरिइसकेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ