arrow

संगीताले कुस्तीमा जिताइन् ऐतिहासिक स्वर्ण

logo
प्रकाशित २०७६ मंसिर २२ आइतबार
sag-kusti-sangita-dhami-gol.jpg

जनकपुर । साग अन्तर्गत कुस्तीको महिला ५५ केजीमा नेपालकी संगीता धामीले शनिबार स्वर्ण जितेकी छन् ।

स्वर्ण भिडन्तमा संगीताले बंगलादेशकी रिमे सर्केरलाई पराजित गरिन् । सागको कुस्तीतर्फ कुनैपनि नेपाली खेलाडीले जितेको यो नै पहिलो स्वर्ण हो ।

महिलाको ५७ केजीमा भारतकी सरिता पहिलो भइन् । नेपालकी अम्बिका भण्डारी दोश्रो भइन् । ७६ केजीमा भारतकी गुर्शरणा प्रीति कपुरले स्वर्ण तथा श्रीलंकाकी चान्तले रजत जिते ।

पुरुष ७० केजीमा पाकिस्तानका अयात उल्लाह पहिलो, श्रीलंकाका निल दोश्रो र नेपालका सुरेश चुनारा तेश्रो भए । पुरुष ७९ केजीमा पाकिस्तानका रेहमानले स्वर्ण, श्रीलंकाका अनाकाले रजत र नेपालका बुन्नीलाल राउत ऐरले कांस्य हात पारे ।

पुरुष ९७ केजीमा भारतका काडियन सत्यवर्थ प्रथम, पाकिस्तानका अयाब द्वितीय र बंगलादेशका अवला दराबुरोसित तृतीय भए ।

पुरुष १२५ केजीमा भारतका सुमितले स्वर्ण, पाकिस्तानका जमान अन्वरले रजत र नेपालका राज यादवले कांस्य जिते ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ