arrow

कीर्तिमानी गौरिकालाई अझै चार स्वर्ण जित्ने अवसर 

logo
प्रकाशित २०७६ मंसिर २२ आइतबार
gaurika-singh-sag-medal.jpg

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद सागको पौडीमा दुई स्वर्णपदक जितेर कीर्तिमान बनाइसकेकी गौरिका सिंहले अझै चार वटा इभेन्टमा खेल्न बाँकी रहेको छ । ती इभेन्टमा पनि उनले स्वर्णपदक जित्ने सम्भावना रहेको छ । 

गौरिकाले जारी सागमा २ स्वर्ण, १ रजत र १ कास्य जितिसकेकी छिन् ।

गौरिकाले २०० मिटर ब्याकस्ट्रोक र २०० मिटर फ्रिस्टाइलमा स्वर्णपदक जितेकी थिइन् ।

उनले १०० मिटर ब्याकस्ट्रोकमा रजत पदक जितेकी छिन् । उनले एउटा कास्य रिलेमा जितेकी हुन् ।

गौरिकाले आइतबार र सोमबार गरी चार स्पर्धा पूरा गर्नेछिन् । 

उनी एकै सागमा सबैभन्दा धेरै पदक जित्ने नेपाली खेलाडी बनिसकेकी छिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ