arrow

गंगालालमा ३३ सय प्रतिशतसम्म मुल्य बढाएर औषधि बिक्री

logo
प्रकाशित २०७६ मंसिर २२ आइतबार
gangalalhospital.jpg.jpeg

काठमाडौं । सरकारी अस्पतालका औषधि बिक्री कक्षमा अत्यधिक लुट हुने गरेको पाइएको छ  । बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको फार्मेसीमा खरिद मूल्य भन्दा ३३ सय गुणासम्म मूल्य बढाएर औषधि बिक्री गरिएको खुलासा भएको छ । 

अस्पतालबाट खरिद गरिएका एम्लोडिपिन, एस्ट्राभास्टन, रोसुभास्ट्रिन, सिताल्गिपिन नाम गरेका औषधीहरु ०.०१ रुपैयाँमा खरिद गरी खरिद मूल्य भन्दा ३३०० गुणा सम्म मूल्य बढाएर बिक्री गरिएको  राष्ट्रिय सतर्कता केन्द्रले तयार गरेको विस्तृत अध्ययन प्रतिबेदनमा जनाइएको छ । 

यसैगरी रोसुभास्ट्रिन २० मिलिग्राम नाम गरेका लेस्टर–माग्नेस  ब्रान्डको औषधीमा खरिद मूल्य भन्दा २७ सयदेखि ३३०० गुणा सम्म बढी बिक्री मूल्य राखिएको प्रतिबेदनमा जनाइएको छ । 
अस्पताल फार्मेसीले गंगालाल राष्ट्रिय हृदय केन्द्रले ल्याएको  फार्मेसी व्यवस्थापन सम्बन्धी निर्देशिकमा  २०५९ र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको अस्पताल फार्मेसी सेवा निर्देशिका  २०७२ लाई ठाडो उल्लंघन गरेको प्रतिबेदनमा जनाइएको छ ।  

गंगालाल राष्ट्रिय हृदय केन्द्रको फार्मेसी व्यवस्थापन सम्बन्धी निर्देशिकमा  २०५९ को दफा ४.१ मा हरेक औषधी एवं उपचार सामग्रीको बिक्री मूल्य निर्धारण गर्दा औषधीको अधिकतम मूल्यमा ५५ कम गरी मूल्य निर्धारण गरिने छ भनिएको छ । 

साथै  खुद्रा मूल्य नतोकिएका सामान एवं औषधीहरुको हकमा भने  खरिद मूल्यमा १६५ थप गरी बिक्री मूल्य निर्धारण गरिने छ भनिएको छ  । 

सो निर्देशिकालाई उक्त अस्पताल फार्मेसीले ठाडै वेवास्ता गरेको छ । यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको अस्पताल फार्मेसी सेवा निर्दे्शिका, २०७२ को दफा ९ मा औषधी र औषधीजन्य पदार्थको बिक्री मूल्य निर्धारण गर्दा यसको खरिद मूल्यमा २०५ मा नबढाइ बिक्री मूल्य निर्धारण गरिनेछ भनिएको छ ।  तर, यसरी बिक्री मुल्य निर्धारण गर्दा अधिकतम खुद्रा मूल्य  भन्दा बढी हुनु हुँदैन भनी निर्देशिमा जनाइएको छ । यी  व्यवस्थालाई अस्पताल फार्मेसीले बेवास्ता गरेको छ ।

अस्पताल फार्मेसीमा खरिद गरिने भल्बमा खरिद मूल्य भन्दा ३३ सय  गुणा बढीसम्म बिक्री मूल्य राखी अनियमिता गरिएको केन्द्रले तयार गरेको प्रतिबेदनमा जनाइएको छ । मुटुमा ट्रान्सप्लान्ट गरिने भल्भहरु, मुटुको भल्भ लगायतका औषधीजन्य उपकरणमा आधिकारीक बिक्री मूल्य नतोकिएको जनाइएको छ । 

यस्ता संवेदनशील उपकरणहरूमा गुणस्तर मापन गर्ने तथा नियमन गर्ने कामसमेत नभएको  प्रतिवेदनमा जनाइएको छ ।  

यसैगरी बिरामीहरुको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने औषधि र औषधीजन्य उपकरणहरुको गुणस्तर, मूल्यको अनुगमन र  नियमन गर्ने संस्थागत व्यवस्था प्रभावकारी नभएको प्रतिवेदनमा जनाइएको छ । यसबाट  सप्लायर्स तथा फार्मेसीहरुले आपसी मिलोमतो गरी मनोमानी तरीकाबाट कम गुणस्तरीय उपकरणहरुलाई वढी मूल्य राखी आपूर्ति गर्ने गरेको प्रतिबेदनमा जनाइएको छ । फार्मेसीमा हुने यस्तो मनोमानीबाट गगांलाल अस्पतालमा उपचार गर्न जाने विरामीहरू कम गुणस्तरीय उपकरणहरुलाई बढी मूल्य तिरेर  खरिद गर्नु पर्ने वाध्यतामा छन् ।  

केन्द्रको प्रतिबेदनमा एकै प्रकार र एउटै प्रकृतिको  औषधि शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको फार्मेसी र  टिचिङ अस्पतालको मनमोहन कार्डियोलोजीको फार्मेसीमा टिचिङ अस्पतालको मनमोहन कार्डियोलोजीको फार्मेसीमा बिक्रीमूल्य ठूलो मात्रामा फरक देखिएको प्रतिवेदनमा जनाइएको छ । छानविन टोलीमा संलग्न केन्द्रका कर्मचारीहरू गगांलाल अस्पतालको फार्मेसीमा बिक्रीमूल्यबारे अनुगमन गरीसकेपछि टिचिङ अस्पतालको मनमोहन कार्डियोलोजीको फार्मेसीमा बुझ्न गएका थिए । यसरी बुझ्दा दुई अस्पतालको फार्मेसीमा फरक फरक देखिएको प्रतिबेदनमा जनाइएको छ ।  

गंगालाल राष्ट्रिय हृदय केन्द्रमा २ लाख ९३ हजार पर्ने पेरिमोन्ट  इडाउर्स नाम गरेको बायलोजिकल भल्भ टिचिङ अस्पतालको मनमोहन कार्डियोलोजीको फार्मेसीमा १ लाख १० हजारमा बिक्रीगरिएको प्रतिवेदनमा जनाइएको छ । 

गंगालाल राष्ट्रिय हृदय केन्द्रले अस्पतालको फार्मेसी संचालन तथा औषधीको बिक्री मूल्य तोक्न फार्मेसी व्यवस्थापन सम्बन्धी निर्देशिका २०५९ जारी गरिएको हो । निर्देशिकामा औषधीको दर रेट निर्धारण गर्न कार्डियोलोजी विभाग प्रमुखको संयोजकत्वमा ६ सदस्यीय फार्मेसी समिति गठन गरिने छ भनिएको छ । 
बिक्रीमूल्य निर्धारण गर्दा केन्द्रले तोकेको बिक्री मूल्य प्रचलित बजार मूल्य भन्दा धेरै बढी वा कम देखिएमा फार्मेसी समितिले छलफल गरी बिक्री मूल्य निर्धारण गर्न कार्यकारी निर्देशक समक्ष पेश गर्नेछ  र कार्यकारी निर्देशकबाट स्वीकृत भएबमोजिम बिक्री मूल्य निर्धारण गरिनेछ भनि निर्देशिकामा भनिएको छ । 

यी व्यवस्थालाई अस्पताल फार्मेसीले कार्यान्वयन नगरेको प्रतिबेदनमा जनाइएको छ ।  अस्पताल फार्मेसीबारे  विस्तृत छानविन गरेपछि केन्द्रले अस्पताल प्रशासनलाई सेवाग्राहीलाई मर्का नपर्ने गरी औषधीको मूल्यमा समायोजन गर्न  निर्देशन दिएको छ । 

कम गुणस्तरीय उपकरणहरुलाई बढी मूल्य तिरेर किन्नुपर्ने वाध्यता हटाउनकोलागि  विद्यमान संस्थागत व्यवस्थामा आवश्यक सुधार गर्दै नियमन र अनगमनलाई प्रभावकारी बनाउन सरकारलाई सुझाव दिइएको छ । साथै सुझाव कार्यान्वयन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय निर्देशन दिइएको छ । साथै सोको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई पनि  दिएको छ । तर केन्द्रले दिएको निर्देशन अस्पताल प्रशासनले अझैसम्म कार्यान्वयन गरेको छैन । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ