arrow

ढाका विशेषज्ञ कल्पना अमेरिकामा सम्मानित

logo
प्रकाशित २०७६ मंसिर २२ आइतबार
kalpana-limbu-dhaka.jpg

सान फ्रान्सिस्को । ढाका विशेषज्ञ कल्पना योङहाङ लिम्बु अमेरिकामा ‘अभियान श्री सम्मान(२०७६’ बाट सम्मानित भएकी छिन् । सान फ्रान्सिस्को बे एरियामा सम्पन्न चौथो ग्लोबल नेपाली फिल्म अवार्डमा उनलाई सम्मान प्रदान गरिएको थियो । 

स्वदेसी उत्पादनलाई आफ्नो कर्म र धर्म मान्दै नेपाली महिला उद्धमीहरुमा अग्रणी भूमिका निर्बाह गर्नुको साथै सामाजिक सेवामा पनि बिशिष्ट योगदान पुर्याए बापत लिम्बुलाई उच्च सम्मान गरिएको थियो ।

नेपाली ढाकालाई विश्वका ३३ वटा राष्ट्रमा पुर्याई नेपालको स्वदेशी उत्पादन ढाकालाइ विश्वसामु परिचित गराउन सफल उद्धमी कल्पना योङहाङ लिम्बु नेपाली ढाका फेसनलाइ संसारभर परिचित बनाउन सफल भएकी छिन् ।

लिम्बु समाजसेवामा समेत सक्रिय रहँदै मुलुकलाई आफ्नो कर्मबाट सम्बृद बनाउने कार्यमा महत्वपुर्ण योगदान पुर्याउने महिलामा चर्चित छिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ