arrow

लथालिङ्ग भएको विद्यालय बन्यो नमुना

logo
शैलेन्द्र  रोकाया,
प्रकाशित २०७६ मंसिर २२ आइतबार
school-bajhang.jpg

बझाङ। विद्यालयका शिक्षक र व्यवस्थापन  समितीको ईच्छा शक्ति र सक्रियता नहुदाँ लथालिङ्ग अबस्थामा पुगेको यहाँको एक बिद्यालय गाउँपालिककै नमुना बनेको छ । जिल्लाको  खप्तड छान्ना गाउँपालिकाको  माझिगाँउ (घाँटखोला)मा रहेको ईश्वर प्रा बि हाल गाउँपालिकाका कै नमुना बिद्यालय भएको छ । 

बिद्यालयको वरिपरि घेरवार बोट विरुवा र फुलहरु रोपेका छन् ।  चिटिक्क परेको खेल मैदान र भवनको संरचनाले सबैको मन लोभ्याउन्छ । सबै विद्यार्थीहरु एकै पोषाकमा सफा चिटिक्क भएर नियमित आउन्छन् । बिद्यालय ब्यबस्थापन समितीको सकृयता र शिक्षकहरुको नियमितताले अहिले यो विद्यालय गाउँपालिका भित्र रहेका सबै बिद्यालयका लागी प्रेरणाको स्रोत बनेको छ ।

छान्ना क्षेत्रकै पुरानो बिद्यालयका रुपमा बिस. २००९ सालमा स्थापना भएको यो बिद्यालयमा हाल कक्षा एक देखी ५ सम्म अग्रेजी भाषामा पढाई समेत हुने गरेको छ  । बिद्यालयको भौतिक पूर्वाधारका समेत प्रयाप्त मात्रामा भएको यस बिद्यालयमा डिजीटल प्रबिधीबाट समेत पढाई हुने गरेको छ ।

विद्यालयको पढाई,वाह्य वातावरण र अन्य कक्षा कोठा प्रशासनिक व्यवस्थापन हेर्दा यो बिद्यालयको सबैले सवैले खुलेर प्रशंसा गर्दछन्  । २०६८ सालमा गाउँलेहरुले निमाबि बनाउन कक्षा ८ सम्मको पढाई सुरु गरेपनि बिद्यालयको आर्थिक अबस्था एकदमै कमजोर भएका कारण निजी शिक्षकहरुले समेत तलब नपाएर छोडेपछि कक्षा ५मा झार्नु परेको स्थानीय जिवन रोकायाले बताए ।

उनले भने बिद्यालय अहिले यस्तो होला भन्ने कल्पना समेत गरेको थिएन् , दुई तिन बर्ष अगाडी ब्यबस्थापन समितीको अध्यक्ष बस्ने मान्छे समेत नपाएको अबस्था थियो र बिद्याथी सख्या समेत घटेर ५० जना मात्र रहेको यस विद्यालयमा अहिले २ सय भन्दा बढी विद्यार्थी छन् । सरकारी बिद्यालया प्रति मोह घटी रहेको अबस्थामा यस बिद्यालयमा भने वरपरका निजि स्कुलहरु वाट समेत यहाँ विद्यार्थी भर्ना भएको समेत स्थानीयको भनाई छ  ।

बिद्यालयका प्रअ ललित कुमार कठायतले भने म आउदा विद्यालयको अवस्था साह्रै नाजुक थियो विद्यालयको मैले पनि स्टाप र विद्यार्थीहरुलाई सक्रिय गरे विद्यालय व्यवस्थापन समितिका  अध्यक्ष वर्क रोकायाको पनि साथ समर्थन भएपछि हाल यो अबस्थामा बनाएका  छौ  ।

बाल शिक्षा गरि चार जना दरवन्दी रहेको यस विद्यालयमा निजि स्रोत वाट ३ जना शिक्षक थप गरि हाल सात जना शिक्षकहरु कार्यरत छन् । विद्यालय ब्यबस्थापन समितीका अध्यक्ष वर्क रोकायाले भने  अगाडी त यहाँ विद्यालयको खातामा एक पैसा पनि थिएन म  आएपछि अलि अलि गरि स्रोत जुटाउदै  जनश्रमदान गरेर काम गरायौ र  नियमित विद्यालयमा आएर शिक्षकहरुलाई सुझाव सल्लाह दिएर र आमभेला गरे पछि  बल्ल सुधार भएको हो  ।

विद्यालयको स्रोतका लागी विद्यालय माथी पट्टी मेलामा रहेको घाँस विक्री स्रात गरेर पैसा जुटाएका छन्  । बिद्यालयको बिकासका लागी अध्यक्ष रोकायाको पहलमा  देउसी भैलो र अन्य कार्यक्रम गरेर पनि आर्थिक स्रोत समेत जुटाउदै आएका छन्  । अहिले विद्यालयको खेल मैदान समेत  सुधार गरेर समथल गरेको छ । साथै शौचालय नयाँ  भवन बालमैत्रि पढाइ, शिक्षक विद्यार्थीको अनुसान हेर्दा निजी स्कूल भन्दा कम्ती देखीदैन् ।

गाउँपालिका कार्यायल पनि नजिकै भएकाले गाउँपालिका अध्यक्ष विहान बेलुका विद्यार्थी शिक्षकहरु संग जिवनका अनुभव भोगाई सुनाएर समाज सुधार विद्यालय सुधारका लागी लाग्नु पर्ने प्रेरणा समेत दिने गरेको प्रअ कठायतको भनाई छ । उनले भने फुर्सद भएको बेला अध्यक्ष रोकाया आफ्नो कृषीवारी बगैचा र विद्यालयमा आएर बोट विरुवा फुलहरु सिचाइ गर्ने झार उखेल्ने गर्छन् । 

अध्यक्ष रोकायाले तत्कालिन माओबादीले  खुट्टा भाँचेर मरुन्जेल कुटपिट गरेर झाँडिमा फालेर बाँचेका हुदाँ  उनले आफुलाई अर्को जिवन पाएको भन्दै समाज सेवामा तल्लीन भएको समेत प्रअ कठायतको भनाई छ  । यस विद्यालयका अध्यक्ष साथै गाउँपालिकाका अध्यक्ष समेत रहेका रोकायाले  समाज सुधारका सबैको प्रेरणाको स्रोत भएको समेत रोकायाका बिपक्षीहरुले समेत खुल्ला प्रससां गर्ने गरेका छन् ।

अध्यक्ष  रोकायाले भने यो विद्यालयमा पढ्ने बच्चाहरु लाई आफ्नै जिवन कालमा सिडियो एलडियो ईन्जिनियर भएको देख्न मेरो ईच्छा छ र अहिले विद्यार्थीहरुको पढाइमा जोड दिएका छौ । उनले आफैपनि कक्षा कोठामा गएर विद्यार्थीको पढाई मुल्याड्कन समेत गर्ने गरेका छन्  ।  विद्यालयको बगैचा चौतारीमा बसेर मनका भावना गित कविता पनि कोर्ने उनको बानी छ । 

वर्क रोकाया निस्वार्थी निष्कलड्क समाजका प्रेरणा दाइ नेता हुन स्थानीय राम सिहले भने उहाँ आफ्नो विद्यालयको मात्र मुहार फेरेका छैनन् यस खप्तड खान्ना गाउँपालिका सवै क्षेत्र वर्ग समुदाय व्यक्तिको हित प्रगतीका लागी लागी रहन्छन्  ।  थप चार वटा बिद्यालयलाई नमुना बिद्यालयका लागी छनौट गरेको समेत रोकायाको भनाई छ  ।

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ