arrow

देविकालाई जुडोबाट स्वर्ण 

logo
प्रकाशित २०७६ मंसिर २२ आइतबार
sag-devika-khadka-judo-gold.jpg

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत जुडोको पहिलो दिन नेपालले एक स्वर्णसहित ७ पदक जितेको छ  । सातदोबाटोस्थित आर्मीको कभर्डहलमा आइतबार नेपालले एक स्वर्ण जित्दा समान ३र३ रजत र कास्य हात पार्यो  ।

नेपालकी देविका खड्काले महिला ५२ केजी मुनि तौल समूहमा नेपाललाई स्वर्ण दिलाईन् । स्वर्ण जित्ने क्रममा देविकाले भारतकी टोकास गायत्रीलाई पराजित गरिन् । यस स्पर्धामा बंगलादेश र श्रीलंकाले कास्य जित्यो  ।

जुडो अन्तर्गत नै पुरुष ६६ केजी मुनि नेपालका इन्द्र बहादुर श्रेष्ठले रजत जिते । फाइनलमा इन्द्र भारतका भारतका जस्लिन सिंहसँग पराजित भए । भुटान  र पाकिस्तानका खेलाडीले कास्य जिते ।

महिला ५७ केजी मुनि नेपालकी मनिता श्रेष्ठ प्रधानले रजत जितिन् । मनिता फाइनलमा भारतका खेलाडीसँग पराजित भईन् । यस स्पर्धामा पाकिस्तान र श्रीलंकाले कास्य जित्यो ।

महिला ४८ केजी मुनि नेपालकी सोमिया भट्टले कास्य जितिन् । भारतले स्वर्ण र श्रीलंकाले रजत जित्दा अर्को कास्य पाकिस्तान जित्यो ।

पुरुष ७३ केजी मुनि नेपालका सन्जित डंगोलले रजत जिते । फाइनलमा सन्जित श्रीलंकाका नुवानसँग पराजित भए । भुटान र भारतले कास्य जित्यो ।

महिला ६३ केजीमुनि नेपालकी निर्मला घर्ति मगले रजत जितिन् । भारतकी निरुपमा देवीले स्वर्ण जित्दा बंगलादेश र श्रीलंकाले कास्य जित्यो ।

पुरुष ६० केजी मुनि नेपालका उमेश मगरले कास्य जिते । भारतले स्वर्ण, श्रीलंकाले रजत र अर्को कास्य भुटानले जितेको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ