arrow

सागको पदक तालिकामा यस्तो छ स्थान 

logo
प्रकाशित २०७६ मंसिर २३ सोमबार
sag-cricket-nepal.jpg

काठमाडौं । सात राष्ट्र सहभागी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा आयोजक नेपाल दोस्रो स्थानमा छ । नेपाल ४५ स्वर्ण, ४४ रजत र ७६ कास्यपदक गरी १६५ पदकसहित दोस्रो स्थानमा रहेको हो । 

पहिलो स्थानमा भारत रहेको छ । भारतको नेपालको भन्दा तीन गुणा बढी स्वर्ण पदक छ । भारतले १३२ स्वर्ण, ७९ रजत र ४१ कास्यपदक सहित २५२ पदक बटुलेको छ । 

तेस्रो स्थानको श्रीलंकाले नेपाललाई भेट्टाउन खोजिरहेको छ । श्रीलंका ३६ स्वर्णसहित तेस्रो स्थानमा रहेको हो । पाकिस्तानले पनि श्रीलंकालाई भेट्टाउन खोजिरहेको छ २९ स्वर्णसहित । 

बंगलादेश भने ८ स्वर्णबाट पाँचौं स्थानमा छ । छैटौं स्थानको माल्दिभ्सको १ स्वर्णपदक छ । 

फुटबलको फाइनलमा पुगेको भुटानको ९ कास्यमात्र छ । फुटबलमा नेपालले कम्तीमा रजत जितेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ