arrow

वेष्टइन्डिजसंग भारत सात खेलपछि हार्यो, कोहलीको बन्यो रेकर्ड 

logo
प्रकाशित २०७६ मंसिर २३ सोमबार

काठमाडौं । भारतले वेष्ट इन्डिजविरुद्ध सात खेलपछि टी–२० क्रिकेटमा पहिलो हारको सामना गर्नुपरेको छ । तिरुवन्तपुरुममा आइतबार राति भएको खेलमा वेस्टइण्डिज ८ विकेटले विजयी भएको हो । यो नतिजापछि तीन खेलको सिरिजमा १–१ को बराबरी भएको छ । 

खेलमा भारतले पहिले ब्याटिङ गर्दै ७ विकेटको नोक्सानीमा १७० रन बनायो । शिवम दुवेको ५४ रन बनाए सर्वाधिक रनका रुपमा । 

१७१ रनको लक्ष्य पछ्याएको वेस्टइण्डिजले १८.३ ओभरमा २ विकेटको नोक्सानीमा पुरा गर्यो ।

लेन्डल सिमन्सले ४५ बलमा नटआउट रहँदै ६७ रन बनाए । सिमन्सले तीन वर्षपछि अर्धसतक बनाएका हुन् । निकोलस पूरनले १८ बलमा नटआउट ३८ रन बनाए । 

वेष्ट इन्डिजले लगातार दोस्रो खेलमा १० भन्दा बढी छक्का समेत हानेको छ । 

कोहलीको रेकर्ड 
भारतीय कप्तान विराट कोहलीले रेकर्ड राखेका छन् । खेलमा १९ रन बनाएका कोहलीले टी–२० मा सबैभन्दा बढी रन बनाउने रेकर्ड बनाएका हुन् । 

कोहलीले २५६३ रन बनाएका छन् । दोस्रो स्थानका भारतका ओपनिङ ब्याट्सम्यान रोहित शर्माको २५६२ रन रहेको छ । रोहितले आइतबार राति १५ रनमात्र बनाए । 

सिरिजको तेस्रो खेल बुधबार ११ डिसेम्बरमा मुम्बईमा हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ