- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । राजनीतिक नियुक्तिले थलिएको शिक्षा प्रणालीलाई नैतिकवान नबनाउने हो भने कस्तो हालत हुन्छ भनेर जान्नका लागि काठमाडौंको कीर्तिपुरमा रहेको आयुर्वेद क्याम्पस शिक्षण अस्पतालमा गएर हेरे पुग्छ ।
भागबण्डामा प्रमुख बनेका डा शिवमंगल प्रसादले सहज शिक्षा प्रदान गर्नुको सट्टा भागबण्डामा नियुक्तिदेखि लिएर आफूलाई सहज पर्ने निर्णयमात्र गरी विद्यार्थीको भविष्यमाथि खेलबाड गर्न थालेपछि त्यहाँको स्वतन्त्र विद्यार्थी युनियनले विरोधको कार्यक्रम गरेको छ ।
स्ववियुले गत मंसिर ३ गतेदेखि प्रशासनमा तालाबन्दी गरेर माग पूरा गर्न दवाव दिइरहेको छ । तर वार्ता गरी समस्याको समाधान गर्नुको सट्टा क्याम्पस प्रमुख डा प्रसाद आफू यसअघि पनि राजनीति गर्ने व्यक्ति भएको र क्याम्पसमा आएर पनि राजनीति गर्न नछाड्ने भन्दै विद्यार्थीमाथि अभद्र शैली प्रयोग गर्दै आएका छन् ।
स्ववियु अध्यक्ष डा सरोजमणि पोखरेलले आफूहरुलाई वार्तामासमेत अभद्र व्यवहार गरेको बताएका छन् । उनले भने, ‘समाधानका लागि हामी डिन कार्यालयका प्रतिनिधि भोला सिग्देलको समेत सहभागीतामा छलफलमा बस्यौं । तर चिफले हामीलाई ‘तँ भनेर सम्वोधन गर्नुभयो । उहाँले तैले बनाएको होस् र मलाई क्याम्पस चिफ भनेर यस्तो भाषाको प्रयोग गर्नुभयो ।’
समस्या समाधानका लागि भन्दै मंसिर ८, ९ र २० गते छलफल भए पनि कुनै समस्याको समाधान निस्केको छैन ।
डा पोखरेलले भने, ‘हामीले पढ्न सहज होस् र त्यो वातावरण बनाइयोस् भनेर माग गरेका हौं तर चिफले तिमीहरुले मलाई रोक्न खोज्ने ? भन्दै हामीलाई अभद्र व्यवहार गर्नुभएको छ ।’
उनले भने, ‘पढ्नका लागि तैले कहाँ कति पैसा तिरेको छस् ? भनेर हेप्नुभयो । उहाँले शिक्षण अस्पताललाई नै ध्वस्त पार्न खोज्दै हुनुहुन्छ ।’
स्ववियूका पदाधिकारीलाई क्याम्पस प्रवेश मै रोक ?
क्याम्पसप्रमुख डा प्रसादले आफूहरुलाई क्याम्पस प्रवेशमै रोक लगाउने योजना बनाएको स्ववियु अध्यक्ष डा पोखरेलले बताए ।
उनले सोमबार (मंसिर २३ गते) आफूहरुलाई क्याम्पस प्रवेशमा रोक लगाउन नेकपा निकटका विद्यार्थीहरुलाई खटाएको आरोप लगाएका छन् ।
उनले भने, ‘हामीलाई क्याम्पस प्रवेशमा रोक लगाउने प्रपञ्च रचिएको छ । हामीले पनि मानवअधिकारको हनन नहोस् भन्नेमा सचेत भएर प्रहरी प्रशासनलाई गरेका छौं ।’