arrow

कर्नाटकमा भाजपा १० सिटमा अगाडि चाहिने ६ सिट

logo
प्रकाशित २०७६ मंसिर २३ सोमबार

काठमाडौं । भारतको कर्नाटक राज्यमा १५ सिटका लागि भएको उपचुनावको मतगणना जारी रहेको छ । सुरुआती गणना अनुसार भाजपा १० सिटमा अगाडि छ । काँग्रेस र जेडीएफ २–२ सिटमा अगाडि छन् । 

भाजपा सरकार बचाउनका लागि बहुमतका लागि ६ सिटको जरुरी पर्छ । येदियुरप्पा सरकार बचाउनका लागि विधानसभाको २२२ सिटमध्ये १११ चाहिने हुन्छ । अहिले राजपासंग १०५ सिट रहेको छ । 

कर्नाटक विधानसभामा कुल २२४ सिट रहेकामा १७ विधायक अयोग्य ठहर्याएपछि १५ सिटको निर्वाचन भएको हो । दुई सिटको चुनाव भएको छैन । 

भाजपाले एक निर्दलीयको समर्थनमा सरकार बनाएको थियो । उपचुनावपछि अब कम्तीमा ६ सिट चाहिने छ । 

काँग्रेसलाई गुमेको साख फिर्ता ल्याउनु छ भने जेडीएसलाई किङमेकर बन्ने अवसर छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ