arrow

पुरुष क्रिकेटमा नेपाललाई कास्य

logo
प्रकाशित २०७६ मंसिर २३ सोमबार
sag-logo.jpg

काठमाडौं। तेह्रौं साग अन्तर्गत पुरुष क्रिकेटमा नेपालले कास्य पदक प्राप्त गरेको छ। नेपालले माल्दिव्सलाई ५ विकेटले पराजित गर्दै कास्य पदक प्राप्त गरेको हो।

नेपालका लगि ललित राजवंशीको कसिलो बलिङका सामु मालदिव्सले साधारण योगफल तयार पारेको थियो। टस हारेर पहिलो ब्याटिङ गरेको माल्दिव्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९४ रन बनाएको थियो। ललितले ४ ओभरमा ६ रन खर्चेर तीन विकेट लिएका थिए। त्यसैगरि सुसान भारीले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिएका थिए।

पुर्व कप्तान पारस खड्काले ४ ओभरमा १ मेडेन सहित १८ रन खर्चेर १ विकेट लिएका थिए। मालदिव्सका लागि लिम साफिगले सार्वाधिक १९ रन बनाएका थिए। त्यसैगरि मोहम्मद रिसानले १७ रनको योगदान गरेका थिए।

जवाफमा ब्यटिङ गर्न आएको नेपालले १६.१ ओभरमा ५ वेकट गामउँदै ९८ रन बनाए खेल जितेको थियो। नेपालका लागि आरिफ शेखले ३२ रन बानएका थिए भने कप्तान ज्ञानेन्द्र मल्लले २२ रनको योगदान गरेका थिए। त्सयैगरि रोहित पौडेलले आउट नभई १५ रन र बिनोद भण्डारीले १२ रनको योगदान दिएका थिए।

मालदिव्सका उमर अदमले तीन विकेट लिएका थिए। त्यसैगरि लिम साफिगले १ वेकट लिएका थिए। खेलका प्लेयर अफ द् म्याच नेपालका ललित राजवंशी घोषित भए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ