arrow

एनसेल बिक्रीको पैसा लग्यो टेलियासोनेराले

logo
प्रकाशित २०७२ चैत ३० मंगलबार
ncell.jpg.jpeg
काठमाडौं। नेपालको कर्पोरेट इतिहासको सबैभन्दा ठूलो कारोबार एनसेल बिक्री गरि टेलियासोनेराले लगानी फिर्ता लगेको छ। स्वीडिस कम्पनी टेलिया सोनेराले लगानी फिर्ता गर्ने प्रक्रियाले पूर्णता प्राप्त गरेको जनाएसँगै उसले औपचारीक रुपमै लगानी फिर्ता लगेको घोषणा गरेको हो।
 
टेलियासोनेराको बेवसाइटमा राखिएको जानकारीअनुसार मलेसियाली कम्पनी एक्जिटियालाई विक्री गरेपछि शुरु भएको लगानी फिर्ता लिने प्रक्रिया सोमबार पूरा भएको जनाएको हो। टेलियासोनेराले एनसेलमा रहेको आफ्नो ६०. ४ प्रतिशत शेयर १ खर्ब ४० अर्ब रुपैया विक्री गरेको थियो।
 
त्यसैगरी थप २० प्रतिशत शेयर ४ अर्ब ८० करोड रुपैयामा एक्जिटियालाई विक्री गरेको जनाएको छ। टेलियासोनेराका प्रमुख कार्यकारी अधिकृत जोन डेन्नेलिन्डले एनसेलको लगानी फिर्ता लिने प्रक्रिया पूरा भएको जानकारी गराउन पाउँदा खुशी लागेको जनाएका छन्। टेलियासोनेराले अफसोर्स सेल कम्पनी रेनल्डस् होल्डिङ्समार्फत एनसेलको ८० प्रतिशत शेयरमा लगानी गरेको थियो।
 
आन्तरिक राजश्व विभागले भने एनसेलको स्वामित्व पूर्ण रुपमा भएको हस्तान्तरणप्रति जानकारी जनाएको छ। स्वामित्व पूर्ण रुपमा हस्तान्तरण भएको बारेमा औपचारिक जानकारी नभएको जनाउँदै विभागका महानिर्देशक चुडामणी शर्माले यस विषयमा स्पष्ट पार्नका लागि विभागले पत्र लेख्ने बताए। एनसेल विक्रीको लाभकरको विषयमा टुङि्गसकेको छैन।
 
जानकारहरुका अनुसार एनसेलमा सञ्चित रहेको नाफालाई शेयरमा परिणत गरेर त्यसको नाफाको मात्रै कर आन्तरिक राजश्व विभागका बुझाइएको छ। त्यसैगरी टेलिया सोनेराले निरजगोबिन्द श्रेष्ठको नाममा रहेको २० प्रतिशत स्थानीय साझेदारको सेयरमा रहेको इकोनोकि इन्ट्रेटबाट पनि सिंगापुरको सुनिभेरा क्यापिटल भेन्चर्सलाई ४ करोड ८० लाख अमेरिकी डलर प्राप्त गरेको जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ