arrow

महिला फुटबलमा नेपालको स्वर्ण सपना अधुरै

logo
प्रकाशित २०७६ मंसिर २३ सोमबार
sag-logo.jpg

काठमाडौं। १३औं साग अन्तर्गतको महिला फुटबलको फाईनलमा नेपालले रजत पदकमा चित्त बुझाएको छ। पोखरा रंगशालामा भएको खेलमा भारतले नेपाललाई २-० गोलले पराजित गरेको हो।

भारतकी एमजी बालादेवीले दुवै गोल गर्दै आफ्नो टोलीलाई स्वर्ण दिलाएकी हुन्। पहिलो हाफमा १ गोल गरेको भारतले दोसरो हाफमा थप गोल गरेको थियो।

नेपालकी स्टार स्ट्राईकर सावित्रा भण्डारी ‘साम्बा’ लाई भारतीय रक्षापंक्तीका खेलाडीहरुले खुल्ने मौकै दिएनन्। साम्बाका लागि भनेर हरेक सय २ भारतीय खेलाडी तैनाथ रहेका थिए। साम्बा खुल्न नपाउँदा नेपालको आक्रमण त्यती प्रभावकारी हुन सकेन।

नेपालले यसअघिको समस्करणमा पनि भारतसँग फाईनलमा पराजित हुँदै रजत पदक प्राप्त गरेको थियो। नेपालको स्वर्ण सपना अधुरै रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ