दक्षिण अफ्रिकी युवतीले जितिन् २०१९ को ब्रह्माण्ड सुन्दरीको ताज
प्रकाशित २०७६ मंसिर २३ सोमबार
800
Shares
एटलान्टा। एटलान्टामा आइतबार सम्पन्न विश्व सुन्दरी प्रतियोगिताको फिनालेमा ब्रह्माण्ड सुन्दरी (मिस युनिभर्स)को ताज दक्षिण अफ्रिकी युवतीले जितेकी छिन् ।
महिला सशक्तीकरणलाई मुख्य विषयवस्तु बनाएर दिइएको प्रस्तुतिका आधारमा २६ वर्षीया जोजिबीनी तुन्जीले मिस युनिभर्सको ताज जितेकी हुन् ।
पुएर्टो रिको र मेक्सिकोका सुन्दरी पनि फाइनलमा पुगेका थिए । तुन्जीले आफ्नो समापन भाषणमा युवा युवतीलाई आत्मविश्वास महसुस गर्न सशक्त बनाउने कुरा गरेकी थिइन् ।
“म यस्तो संसारमा हुर्कें जहाँ मेरो जस्तो छाला र मेरो कपालको बनावट भएकी एउटी महिलालाई कहिल्यै सुन्दर मानिँदैन । मलाई लाग्छ, अब यस्तो समय रोकिएको छ ।”
एटलान्टाको टायलर पेरी स्टुडियोमा आयोजित यस भव्य प्रतियोगितामा तुन्जीले मिस युनिभर्सको लागि भेला भएका ९० भन्दा बढी प्रतियोगीलाई हराएकी थिइन् ।
फिलिपिन्सकी क्याट्रिओना ग्रेले तुन्जीलाई युनिभर्सको ताज लगाइ दिएकी थिइन् । सन् २०१८ मा ग्रेले मिस युनिभर्सको ताज जितेकी थिइन् ।