arrow

कुस्तीमा २० मध्य भारतले लग्यो १४ स्वर्ण

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ मंसिर २३ सोमबार
sag-logo.jpg

जनकपुरधाम। जनकपुरमा जारी १३ औं दक्षिण एसियाली  खेलकुद (साग) अन्तर्गत कुस्ती प्रतियोगितामा चौथो दिन सोमबार दुई  स्वर्णका लागि प्रतिस्पर्धा सकिएसँगै कुस्ती खेल समापन भएको छ ।

सोमबार  भएको महिला र पुरुष  अलग-अलग समुहको कुस्तीमा भारतले  नै दुवै स्वर्ण पदक हात पारेको छ ।

सुरूदेखि नै कुस्तीमा भारत अगाडि थियो ।सोमबार  भएको दुइ कुस्तीमा  महिला तर्फ ६८ केजी भारतकी अनिता शेयोर्णले स्वर्ण र  पुरुष तर्फ ७४ केजीका  भारत कै गौरव वालियानले पनि स्वर्ण जितेका छन ।

सागको कुस्तीमा मात्र भारतले कुल १४ स्वर्ण पदक हात पारेको हो ।चार दिनसम्म चलेको कुस्तीमा नेपालले एक  स्वर्ण पदक सहित चार  रजत र चार कास्य पदक हात पारेका हुन् ।

कुस्तीमा नेपालभन्दा अगाडि श्रीलंका र पाकिस्तान  रहेको छ । पाकिस्तानले ३ स्वर्ण तथा ४ रजत पदक जित्दा श्रीलंकाले २ स्वर्ण तथा १० रजत र २ कास्य  हात पार्न सफल भएका छन ।यसैगरी बंगलादेशले २ रजत ७ कास्य जितेको हो ।कुस्तीमा नेपालको स्थान चौथो रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ