arrow

सागमा नेपाल दुई सय पदक नजिक

logo
प्रकाशित २०७६ मंसिर २३ सोमबार
sag-football-women.jpg

काठमाडौँ । तेह्रौँ दक्षिण एशियाली खेलकूद सागमा नेपालको ४९ स्वर्ण पदकसहित दोस्रो स्थानमा कायमै रहेको छ । नेपालले सोमबारका खेल सकिँदासम्म ५४ रजत तथा ९२ कास्यसहित कूल १९५ पदक जितेको छ ।     
     
 भारत पदक तालिकाको शीर्षस्थानमै रहेको छ । भारतले १५९ स्वर्ण, ९१ रजत र ४४ कास्यसहित कूल २९४ पदक जितेको छ ।

श्रीलङ्का ३९ स्वर्ण, ७९ रजत र ११८ कास्यसहित तेस्रो, पाकिस्तान ३२ स्वर्ण, ३७ रजत र ५५ कास्यसहित चौथो, बङ्गलादेश १९ स्वर्ण, ३२ रजत र ८१ कास्यसहित पाँचौँ, माल्दिभ्स एक स्वर्ण र तीन कास्य जित्दै छैटौँ तथा भूटान ६ रजत तथा १३ कास्यसहित पदक तालिकाको अन्तिम स्थानमा छ ।     
     
नेपालले सोमबार बक्सिङमा दुई तथा पौडी र जुडोमा एक–एक स्वर्ण पदक जितेको हो ।     
     
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ