arrow
ADVERTISEMENT

यी हुन् विश्वकै सबैभन्दा कान्छी प्रधानमन्त्री, सरकारमा सबै महिलाहरु नै 

जसलाई आमाले एक्लै हुर्काएकी थिइन्, जो विश्वविद्यालयमा पढ्न जानेमा परिवारको पहिलो व्यक्ति थिइन्, जो १५ वर्षमै हकर बनेकी थिइन्

logo
प्रकाशित २०७६ मंसिर २४ मंगलबार
youngest-pm-sanna-marin.jpg

हेल्सीङ्की । फिनल्याण्डको सोसल डेमोक्र्याटिक पार्टीकी नेतृ सन्ना मरिन विश्वकै सबैभन्दा कान्छी प्रधानमन्त्री बन्ने भएकी छिन् । प्रधानमन्त्री पदबाट राजीनामा दिएका अन्ति रिन्नेको पार्टीले मन्त्री समेत रहेकी मरिनलाई प्रधानमन्त्री बनाउने निर्णय गरेपछि उनी प्रधानमन्त्री बन्ने निश्चित भएको हो ।     
     
उनी आफ्नो पार्टीकी उपाध्यक्ष पनि हुन् । उनले आफ्नो पार्टी अध्यक्षले विरामी विदा लिँदा गत बर्ष पार्टी चलाएकी थिइन् ।     
     
गठबन्धन सरकारका रहेका पाँच पार्टीमध्ये फिनल्याण्ड सोसियल डेमोक्र्याटिक पार्टी एसडीपीले प्रधानमन्त्री रिन्नेले पदबाट राजीनामा दिएपछि ३४ बर्षीया मरिनलाई सरकारको नेतृत्व गर्न पठाउने गरी चयन गरेको छ ।     
कान्छा प्रधानमन्त्रीमध्ये युक्रेनका प्रधानमन्त्री ओलेक्सी होन्चरुक ३५ वर्षका छन् भने न्यूजील्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नको ३९ वर्षको छ ।      
     
सोसल डेमोक्र्याटिक संसदीय समूहमा उनले ३७ बर्षीय अन्ति लिन्डमानलाई तीन मतले पराजित गर्दै प्रधानमन्त्री बन्ने बाटो सुनिश्चित गरेकी हुन् । लिन्डमानले २९ मत ल्याउँदा मरिनले ३२ मत ल्याएकी छिन् ।      
पार्टीभित्रको निर्वाचन आइतबार भएको थियो भने नतिजा राष्ट्रिय टेलिभिजनबाट प्रसारण गरिएको थियो । हुलाक सेवामा भएको हडतालको विषयले नराम्रो रुप लिँदै गएपछि निवर्तमान प्रधानमन्त्री रिन्नेले भने विश्वासको मत गुमाएर राजिनामा दिएका थिए । उनलाई गठबन्धनमा रहेकै दलका सांसदहरूले असहयोग गरेका थिए ।     
     
निवर्तमान प्रधानमन्त्रीलाई असहयोग गरेका दलका सांसदहरू पनि नयाँ गठबन्धन समेतमा सँगै रहेका छन् । उनीहरूले नयाँ सरकार बनाउने बारेमा पनि छलफल गरिरहेका छन् । मारिनको नेतृत्वमा बन्न लागेको गठबन्धन सरकारमा सबै दलको नेतृत्व महिलाहरूले गर्ने पनि निर्णय भएको छ ।     
     
गठबन्धनमा सोसल डेमोक्र्याट्स, सेन्टर, ग्रिन्स, लेफ्ट एलाईन्स र स्वेडिस पिपल्स पार्टी रहेका छन् । उनीहरूमध्ये सेन्टरले निवर्तमान प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको हो ।     
     
गत अप्रिलमा गरिएको निर्वाचनमा सोसल डेमोक्र्याटिक पार्टी ठूलो दल बनेकोले त्यही दलबाट प्रधानमन्त्री नियुक्त हुने व्यवस्था अनुसार मारिन प्रधानमन्त्री बन्न लागेकी हुन् । 
     
प्रधानमन्त्रीका लागि निर्वाचित भएसँगै उनले छोटो वक्तव्य दिँदै सवै पार्टीहरुलाई एकजुट हुन आह्वान गरेकी छिन् ।      
     
फिनल्याण्डका राष्ट्रपति सौली निनिस्तोले मरिनलाई प्रधानमन्त्रीका रूपमा मङ्गलबार नियुक्त गर्ने स्थानीय सञ्चार माध्यमहरूले समाचार सम्प्रेषण गरेका छन् ।     
     
निवर्तमान प्रधानमन्त्री रिन्ने नेतृत्वको सरकारमा मरिन गत जुनदेखि यातायात तथा सञ्चार मन्त्री थिइन् भने सन् २०१५ देखि उनले फिनल्याण्डको जनप्रतिनिधिकारूपमा संसदमा प्रतिनिधित्व गर्दै आएकी छिन् । उनले यसअघि पनि विभिन्न राजनीतिक जिम्मेवारीमा रहेकी थिइन् ।     
     
आमाले एक्लै हुर्काएकी मारिनले प्रशासनशास्त्रमा स्नातकोत्तर गरेकी छिन् । विश्वविद्यालयमा पढ्न जानेमा उनी आफ्नो परिवारको पहिलो व्यक्ति पनि भएकी थिइन् । 

सानै उमेरदेखि संघर्ष गरेकी मारिनले १५ वर्षकै उमेरमा जागिर गर्थिन् । उनले विद्यालयमा पढ्ने बेलामा पकेट खर्चका लागि पत्रिका बाँड्ने काम (हकर) को काम पनि गरेकी थिइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ