arrow

प्रधानमन्त्रीका सल्लाहकार सूर्य थापाले फेरि हाने झटारो, भने –मनुवा हुन् कि ढेंडु ? 

logo
प्रकाशित २०७६ मंसिर २४ मंगलबार
surya-thapa.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा कार्यकर्ताबीचको आरोप प्रत्यारोप चलिरहेको छ । कहिले सामान्य तरिकाले कहिले उद्दण्ड तरिकाले । हुनत डेड वर्षअघि पार्टी एकता भए पनि पूर्ण एकता अहिलेसम्म हुन नसकेको नेकपा एमाले र नेकपा माओवादी केन्द्र (हाल एकता भएर नेकपा) का नेताहरुबीचकोआरोप प्रत्यारोप नौलो हैन । 

तर पछिल्लो समय फेरि बढिरहेको छ । त्यसलाई बढाउने काममा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापा लागिरहेको आरोप उनीमाथि छ । हुनत उनी ओली खेमाका हैनन् । तर जिम्मेवारीले उनलाई ओलीको सबैभन्दा ठूलो भक्त बनाइदिएको छ । 

फेरि अर्कैका समाचार राखिदिँदा कुरै नबुझी उनीजस्तो संचारको महत्व बुझेकालाई पाठ पढाउने धेरै देखिएका छन् । सोमबारदेखि देखिएको दोहोरीलाई उनले मंगलबार पनि निरन्तरता दिएका छन् । 

मंगलबार सामाजिक संजाल फेसबुकमा थापाले लेखे, ‘मेरो स्टाटस हो कि अरुको लेख शेयर गरेको भनेर छुट्याउन समेत नसक्ने मनुवा हु्न् कि ढेंडु ? कति असभ्य र घृणित रहेछन् एउटा लेखसम्म पढ्न औकात र हैसियत नराख्ने स्यालहरु ? छिःछि ! मान्छे बन्न अझै कति समय लाग्ने हो ???’

यसअघिको घटना यस्तो थियो –

थापाले सोमबार बिहानै पार्टीको कार्यकारी अध्यक्षको भूमिका निभाइरहेका पुष्पकमल दाहाल प्रचण्डमाथि नमिठो प्रहार गरे ।  

कार्यकारी अध्यक्षको हैसियतमा प्रचण्ड सक्रियता बढाउँदै जाँँदा थापाको कटु टिप्पणी आएपछि यसको बारेमा चर्चा परिचर्चा भएको छ ।

फेसबुकमार्फत थापाले पार्टी एकता नगरेको भए प्रचण्ड एक सानो झुण्डको नेता बनेर बसेको अवस्था हुने भनी प्रहार गरेका छन् । 

उनको प्रहारलाई काउन्टर दिँदै प्रचण्ड सचिवालयका पूर्व सदस्य तथा सहयोगी मनोहरि तिमिल्सिनाले मुखभरिको जवाफ दिएका छन् । 

उनले सोमबार बिहान थापाले लेखेपछि प्रतिक्रिया दिएका थिए, ‘प्रधानमन्त्रीका प्रेस सल्लाहकारले यति घटिया कुरा लेख्न मिल्दैन कि सूर्य कमरेड । १२ वर्ष कुकुरको पुच्छर ढुङ्ग्रामा राखे पनि बाङ्गाको बाङ्गै भनेजस्तै तपाईले कहिल्यै पार्टी एकताको मर्म स्वीकार्न सक्नु भएन । दया लाग्छ कमरेडको नियत र गतिविधि देख्दा’ लेखेका थिए । 

दिनभर यो विषयमा सामाजिक संजालमा बहस भयो । राति फेरि तिमिल्सिनाले लेखे, ‘आफै लेख्नुस् कि अरुले लेखेको अंश उद्धत गरेर शेयर गर्नुस्, पार्टी र सरकारको सम्वेदनशील जिम्मेवारीमा बसेर पार्टी एकताको स्प्रीड, भावना र सहमतिविपरित बोल्ने जो कसैसँग हाम्रो विमति रहन्छ। समाजवादी क्रान्तिको तयारीको कार्यदिशा र संविधानकै गला रेट्ने गरी गरिएका निरन्तरका दुष्प्रचार र तिकडमहरु आपत्तिजनक छन्। यस्ता गतिविधिले समाजवाद र नेकपाको होइन, पूँजीवाद र दलालहरुको मात्र सेवा गर्दछन्।’

यो त उदाहरणमात्र हो । पूर्व एमाले र पूर्व माओवादीबीच वाक्युद्ध भइरहेको छ । आपसमा भिडिरहेका छन् । यसले विपक्षीलाई प्रश्न गर्ने ठाउँ बनाइरहेको छ । तर के नेकपा मनैदेखि मिल्न नसकेकै हो ? 

सूर्य थापाले सोमबार बिहानै फेसबुकमा यस्तो पोष्टेका थिए, ‘यदि प्रचण्डले पार्टीलाई एमालेसँग नमिलाएको भए के हुन्थ्यो ? एमाओवादी एउटा सानो पार्टीका रूपमा खुम्चिएको हुन्थ्यो । १० वर्ष युद्ध हाँकेका प्रचण्ड सानो पार्टीका नेता हुन्थे । सम्बोधन हुन्थ्यो, पूर्व विद्रोही नेता प्रचण्ड । एमाले र एमाओवादी चुनावी एकतापछि संसद्मा करिब दुई तिहाइ नजिक सिट जिते । संसद्को निर्वाचनलगत्तै पार्टी एकता भएन । कारण थियो, ओली र प्रचण्डबीच शक्ति बाँडफाँटको संघर्ष । चुनावमा एकता भयो, परिणामपछि संघर्ष । दुई नेताबीच एकता र संघर्ष जारी रह्यो । अन्ततः संसद् चुनाव भएको करिब ६ महिनापछि पार्टी एकता भयो। अरू सबै काम बाँकी राखेर दुई अध्यक्ष भएको पार्टी भयो, नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० । पूर्वएमालेले ६० प्रतिशत र पूर्वमाओवादीको ४० प्रतिशत बाँडफाँट गरी संसद्को चुनावमा उम्मेदवार तय भएको थियो । त्यही आधारमा पहिलो नम्बरको अध्यक्ष ओली र दोस्रो नम्बरको अध्यक्ष प्रचण्ड हुने सहमति भयो ।’

यसको काउन्टर मनोहरिले दिएपछि धिरेन्द्र प्रसाद कोइरालाले थापालाई ट्याग गर्दै लेखे, 
‘प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाजिलाई कान्तिपुरको लेख साभार गरेकोमा तथानाम भन्नुको कुनै औचित्य छैन। साथी हो सुन्ने र पढ्ने धैर्यता राखौं न। पदभार ग्रहण गर्ने बेलामा नै उहाँले प्रष्टकुरा राख्नु भएको छ। सहि किसीमले समाचार सम्प्रेषण गरिएको छ। कोहि साथीलेपनि पुर्वाग्रह र सानो चित्त नबनाउनु होला। उहाँमाथि यति नकारात्मक हुन आबस्यक कुरा नै होइन यो। उहाँ आफ्नो कर्ममा पकड भएको, कामको मान्छे भएको कुरा सबैलाई थाहा छ। यसप्रकारका फेसबुकका प्रतिक्रियाले कसैलाई फाइदा छैन। सुर्यजि सत्यतथ्य लेख्ने र बोल्ने पत्रकार नै हुनुहुन्छ। मेरो लामो संगतमा साथी र मित्रवत कमरेडहरुलाई सधैं शालिन भएरै प्रष्टकुरा गर्ने बानीका कारण सम्बन्ध मजबुत नै भइरह्यो। एउटा जाबो कसैको लेख साभार गर्दा जथाभावी लेख्ने साथीभाईसंग सोध्नु छ के यसैगरी पार्टी अनि देश बन्ला ? सबैलाई चेतना भया...।’

आरोप प्रत्यारोपको श्रृंखला जारी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ