arrow

भूकम्प पीडितले विना धितो कर्जा नपाउने

logo
प्रकाशित २०७२ चैत ३० मंगलबार
Nuwakot-Earthquake-2.JPG.jpeg
काठमाडौं। के तपाई विनाधितो बैकहरूबाट कर्जा लिएर भूकम्पबाट क्षतिग्रस्त घर निर्माण गर्ने योजना बनाउनु भएको छ । यदि छ भने भूकम्पपीडितले पाउने भनिएको विना धितो तीन लाखसम्मको ऋणको भर परेर आफ्नो घर बनाउने काम रोक्नु भन्दा आफैंले पैसाको जोहो गर्नु उपयुक्त होला । बैक तथा वित्तिय संस्थाहरूले विनाधितो कर्जाको सम्भावना नै नरहेको स्पष्ट पर्दै ऋणको लागि धितो अनिवार्य हुनुपर्ने स्पष्ट बताएका छन्
 
भूकम्प पछिको पुनर्निर्माणको लागि चालू आर्थिक वर्षको बजेटमा र भूकम्पपीडितको लागि विना धितो तीन लाखसम्मको कर्जा दिने व्यवस्था गरेको भएपनि त्यसको आधार स्पष्ट हुन नसक्दा अहिलेसम्म पनि सबैलाई झक्काउने खेल मात्रै बनेको छ कर्जाको विषय । शुक्रबार हाम्रा कुरासँग कुराकानी गर्दै पुनर्निर्माण प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले भूकम्पपीडितले सरकारले दिने दुई लाख बाहेकपनि तीनलाख सम्म विजना धितो र त्यसपछि ऋणलिनको लागि धितो चाहिने व्यवस्था रहेको उल्लेख गरे ।
 
उनले दुई लाख भन्दा बढी लागतमा घर बनाउनको लागिबढीमा दुई प्रतिशतको दरमा सबै भूकम्पपीडितले ऋण पाउने दाबी गर्दै भने ‘भूकम्पपीडितले दुई लाख भन्दा बढी लागतमा घर बनाउछन् भने उनीहरूले तीन लाखसम्म विना धितो ऋण लिन सक्ने छन्, भूकम्पपीडितको कार्ड देखाएर उनीहरूले ऋण लिन सकिने व्यवस्था छ ।’
 
उता, बाँणिज्य बैकहरूले भने थपलियाको कुरालाई सीधा खण्डन हुने गरी विना धितोभूकम्पीडितलाई कर्जा दिन नसक्ने बताएका छन् । वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर एशोसिएसनका अध्यक्ष उपेन्द्र पौडेलले विना धितो कर्जाको कुरा सम्भवै नरहेको स्पष्ट धारणा व्यक्त गरे । उनले सरकारले तोकेको नियम अनुसार तीनलाख सम्म ऋणीको घर नै धितो राखेर दिने भन्दै आवश्यकता अनुसार धितोको आधार हेरी १५ लाख देखि बढीमा २५ लाखसम्म ऋण दिन भने बैकहरू तयार रहेको स्पष्ट पारे । 
 
उता, नेपाल राष्ट्रबैकका प्रवक्ता त्रिलोचन प्रंगेनीले भने जनतामा बैंकको पहुँच नै नरहेकोमा बैंकबाट विनाधितो ऋणको विषयले सफलता पाउन कठिन रहेको बताए । उनले आफूले बैंकहरूलाई गत जेठमा नै सो सम्बन्धमा निर्देशन दिएको भन्दै अब ऋण दिने नदिने भन्ने विषय बैंकहरूकोहातमा रहेको स्पष्ट पारे । 
 
यसरी सरकारले तीनलाखसम्म भूकम्पपीडितले विना धितो ऋण पाउने कुरा हावादारी गफ मात्रै रहेको स्पष्ट भएको छ । यसरी जनतालाई आशामा राखेर विभिन्न आश्वासन दिएपनि सरकार जमानी नबस्ने हो भने बैंकहरूले ऋणदिने सम्भावना पनि साह्रै न्यून देखिन्छ । उता, बैंकरहरू भने विना धितो कर्जा दिँदा पैसा उठ्ने सम्भावना नै क्षीण हुने भन्दै बैकहरूले त्यत्तिकै आफू घाटा खाने कारोबार गर्न नसक्ने स्पष्ट पारे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ