arrow

नागरिकता संशोधन बिल राज्यसभामा पेश

logo
प्रकाशित २०७६ मंसिर २५ बुधबार
ameet-shah-home.jpg

काठमाडौं । भारतको राज्यसभामा बुधबार दिउँसो गृहमन्त्री अमित शाहले नागरिकता संशोधन विधेयक, २०१९ राज्यसभामा पेश गर्दैछन् । 

यो बिल सोमबार मध्यरातमा लोकसभाबाट पास भइसकेको छ । विपक्षी दलका नेताहरुले यसको विरोध गरे पनि त्यसले बिल पास गर्नलाई कुनै फरक पारेन । मंगलबार असम र त्रिपुरामा प्रदर्शन भएको थियो । कांग्रेसले बुधबार देशव्यापी धर्ना गर्दैछ । 

लोकसभामा यो विधेयकमा झण्डै १४ घण्टा बहस भएको थियो । पक्षमा ३११ र विपक्षमा ८० सिट मात्र आएको थियो । तर राज्यसभामा त्यतिको सहज देखिँदैन । 

गृहमन्त्री शाहले भने अल्पसंख्यक धार्मिक अस्थावानलाई भारतले स्थान दिने बताएका छन् । उनले यो विधेयकले पाकिस्तान, बंगलादेश र अफगानिस्तानका पीडित अल्पसंख्यक धार्मिक आस्था भएकाहरुलाई मद्धत पुग्ने बताएका छन् । 

यो बिलसंग भारतमा रहेका मुस्लिम समुदायको कुनै लेनदेन नभएको भन्दै नआत्तिन पनि आग्रह गरेका छन् । 
यस्तो छ राज्यसभाको गणितीय समीकरण–
राज्यसभामा बिलको समर्थनमा ७ भन्दा बढी सांसद रहेको दावी गरिएको छ । २४५ सांसद रहनु पर्नेमा ५ सिट खाली छ । बहुमत ल्याउन १२१ मत भए पुग्छ । तर १२८ सांसद समर्थनमा छन् । ११० सांसद विरुद्धमा छन् । २ सांसदमा बीचमा छन् । 

समर्थनमा भाजपा–८३, बीजेडी ७, अन्ना द्रमुक ११, जेडीयू ६, मामित ४, अकाली दल ३, शिवसेना ३, आजाद र अन्य गरी ११ सिट रहेको छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ