arrow

शाहरुखका बुबा दिलीप कुमारको आँखामा कृतज्ञताको आँसु

logo
प्रकाशित २०७६ मंसिर २५ बुधबार
shah-rukh-khan-dilip-kumar.jpg

काठमाडौं । भारतीय चलचित्र क्षेत्रका बहुप्रसिद्ध अभिनेता , चलचित्र निर्माता तथा राजनितिज्ञ दिलीप कुमारको बुधबार ९७ औँ जन्मदिन हो । सो अवसरमा, फ्यानहरूले उनीहरूलाई बधाई सन्देशहरू पठाइरहेका छन् । दिलीप कुमारले सोशल मीडियामा आफ्ना फ्यानहरूलाई धन्यबाद दिन आफ्नो एक तस्वीर पनि शेयर गरेका छन् ।

'ट्रेजिडी किंग' दिलीप कुमारको ट्वीटरमा लेखिएको छ- "९७ औं जन्मदिनमा फोनकल र सन्देशहरू रातिबाट आइरहेका छन्। यसका लागि धन्यबाद। उत्सवहरू महत्त्वपूर्ण छैन तर तपाईंको असीम प्रेम, स्नेह र प्रार्थनाहरूलाई हेर्दा मेरो आँखा कृतज्ञताको आँसुले सँधै भिज्ने गर्दछ ।

दिलीप कुमारको ट्वीटर उनकी पत्नी सायरा बानोले चलाउछिन् । उनी प्रायः दिलीप कुमारको स्वास्थ्य अपडेट गर्दछिन्। दिलीप कुमार लामो समयदेखि बिरामी छन् । उनको शरिरमा पानीको कमिले  मृगौलामा समस्याको कारण स्वास्थ्यमा अचानक खराबि आएको थियो । यस्तो अवस्थामा सायराले उनीहरूको पूरा ध्यान राख्छिन्।

केहि समयअघि  दिलीप कुमारले मानेका छोरा शाहरुख खान उनलाई भेट्न घर पुगेका थिए । शाहरुखले दिलीपलाई बुवा र दिलीपले शाहरुखलाई छोरा मान्दै आएका छन् । सायराका अनुसार शाहरुख दिलीप कुमारले बोलेका छोरा हुन् । दिलीप कुमार शाहरुखका प्रिय अभिनेता हुन् ।   साथै दिलीप कुमार  पनि शाहरुखलाई  रुचाउछन् । सो समय  शाहरुख दिलीप कुमारको निधारमा किस  गर्दै  उनिसँग समय बिताएका थिए । शाहरुखसँग छोरा सुहाना पनि दिलीप कुमारलाई भेट्न पुगेका थिए । दुवैबीचको सम्वन्धमा न्यानोपन कयौपटक देखिने गरेको छ ।  

दिलीप कुमारलाई सन् १९९४ मा दादा साहब फाल्के अवार्डवाट  सम्मानित गरिएको थियो । सन् २०१५ मा उनलाई पद्म विभूषण प्रदान गरियो । दिलीप कुमारले सन् १९४४ मा ज्वार भाटा चलचित्रवाट आफ्नो  अभिनयको सुरुवात गरेका हुन् ।
 
दिलीप कुमारको चर्चीत चलचित्रमा  देवदास, मुगल-ए-आजम, गंगा जमुना, आन, अंदाज आदि चलचित्र रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ