arrow

पोखरा प्रिमियर लिगको दोस्रो संस्करणमा सुबिसु

ईन्टरनेट पार्टनरका रुपमा प्रस्तुत

logo
प्रकाशित २०७६ मंसिर २५ बुधबार
PPL-subishu.jpg

काठमाडौं। नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केबलनेट प्रालिले पोखरा प्रिमियर लिगको दोस्रो संस्करणमा पनि इन्टरनेट पार्टनरको रुपमा सहभागिता जनाएको छ।

सुबिसुका प्रमुख कार्यकारी अधिकृत विनयमोहन साउद र क्वीन्स इभेन्ट नेपालकी प्रबन्ध निर्देशक छुम्बि लामा एवम्ं नेपाली क्रिकेट टिमका पुर्व कप्तान पारस खड्काको उपस्थितिमा सहकार्यका लागि सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ। नेपाली खेलकुदको विकास तथा खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्धेश्यका साथ यस बर्ष पनि सुबिसुले यस खेलका लागि सहकार्य गरेको हो। 

प्रत्यक खेलमा उत्कृष्ट क्याचर “क्लियर टिभी क्लियर क्याच तथा “फास्टेस्ट फिफटी ”लाई उपहार स्वरुप सुबिसु इन्टरनेट र क्लियर टिभी सेवा १ वर्षका लागि निशुल्क प्रदान गरिने छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ