arrow

कार्यान्वयन भएन सेती अस्पतालका निजी औषधी पसल हटाउने निर्देशन

logo
पुस्कर पौडेल,
प्रकाशित २०७६ मंसिर २५ बुधबार
medical4.jpg

धनगढी ।  सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पताल परिसर भित्र नीजि औषधी पसल संञ्चालन नगर्न दिएको निर्देशन अझै कार्यान्वयन हुन सकिरहेको छैन । फार्मेसी सेवा निर्देशिका अनुसार अस्पताल परिसर भित्र नीजि फार्मेसी संञ्चालन गर्न नपाईने भन्दै तत्काल हटाउन सुदूरपश्चिम प्रदेश सरकारले अस्पताललाई परिपत्र गरेको थियो । तर सरकारको निर्देशन तीन महिना सम्म पनि कार्यान्वय हुन सकेको छैन ।

सरकारी अस्पताल परिसर भित्र निजी औषधी पसल संञ्चालन गर्न प्रतिबन्द छ तर सेती प्रादेशिक अस्पताल भित्र चार वटा निजी औषधी पसलहरु संचालित छन् । प्रदेश सरकारले ती पसल हटाउन दिएको निर्देशन अझै कार्यान्वयन हुन सकेको छैन । पटक पटकको निर्देशन अटेरी गरेको भन्दै सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य अधिकृत रमेश कुवँर अब कारबाही प्रकृयामाजाने बताए ।

सुदूरपश्चिम प्रदेशको मन्त्री परिषदले गरेको निर्णय पनि कार्यान्यन नगरेको भन्दै उनले आक्रोस ब्यक्त गर्नुभयो ।सरकारको निर्णय कार्यान्वय नगर्ने अस्पताललाई स्पस्तीकरण सोधीने तयारी भइरहेको उनले बताए ।उनले प्राविधिक पक्षले गर्दा केहि ढिलाइ भएको जानकारी दिए । सेती प्रादेशिक अस्पतालको सपिङ कम्प्लेक्समा २१ वटा औषधी पसलहरु संञ्चालनमा छन् भने ती मध्ये पाँच वटा औषधी पसल अस्पतालको भित्रपट्टी रहेका छन् ।

पाँच वटा फार्मेसी मध्य एउटा फार्मेसी भने सरी सकेपछि अहिले अस्पताल भित्रपट्टी चार वटा फार्मेसी रहेको छ ।मन्त्रालयको ३५ दिनको परिपत्र आएपछि अस्पताल प्रशासनले अझै ती पसलहरु हटाउन कुनै पहल गरेको छैन । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले भने आफूहरुले निजि औषधी पसल हटाउन पहल गरिरहेको बताए ।

३५ दिनको म्याद सकिएपछि उनले भन्नुभयो फार्मेसीले अस्पताल प्रशासनलाई सात दिनको म्याद थप गरि पाउ भनेपछि आफुहरुले सात दिनको म्याद थपेको बताए । उनले सात दिनको म्याद सकिएपछि पनि फार्मेसीहरु हडाइएन भने वोडको निर्णय अनुसार अगाडी बढने जानकारी दिए । ढिलाइ भएपनि कानुनी प्रक्रिया अनुसार पहिला ३५ दिन पछि ७ दिन फेरि ३ दिन र २४ घण्टाको समय दिदा पनि फार्मेशीले अटेर गरेमा बल प्रयोग गर्नु उनले बताए ।

प्रदेशको एक मात्र रेफरल अस्पतालको रुपमा रेहको सेती प्रादेशिक अस्पतालमा सबै जिल्लाबाट बिरामीहरु आउने गरेका छन् । अस्पताललेनै सञ्चालन गरेको औषधी पसलमा सस्तो औषधी पाइने भएपनि त्यहि रहेका निजि औषधी पसलहरुबाट बिरामीले महंगोमा औषधी किन्न बाध्य भइरहेको गुनासो बढिरहेको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ