arrow

सन्तान नभएपछि दिलीप कुमारले गरे दोस्रो विवाह, दोस्रीको श्रीमानसँग मिलेमतो थाहा पाएर फर्कीए घर

logo
प्रकाशित २०७६ मंसिर २५ बुधबार
dilip-sanu.jpg

काठमाडौं । बलिउडको 'मोस्ट एभर्सिएबल बेचलर' दिलीप कुमार र सायरा बानोको प्रेम कहानी धेरै रोमान्टिक रहेको छ । बलिउडका यी जोडीका फ्यानहरूलाई थाहा छ कि सायरा शुरुदेखि नै दिलीप कुमारको फ्यान थिइन। ११ डिसेम्बरमा दिलीप कुमारको जन्मदिन हो।  बुधबार दिलीप कुमारले आफ्नो ९७ औँ जन्मदिन मनाउदै छन् ।

दिलीप कुमारको जन्म १९१२ मा पेशावर (अहिले पाकिस्तानमा) भएको थियो। दिलीप कुमारको न्वरानको नाम मुहम्मद युसुफ खान हो।   उनका बुबा मुम्बईमा बसोबास गरेका थिए जहाँ उनले हिन्दी फिल्महरूमा काम गर्न शुरू गरे। उनले आफ्नो नाम परिवर्तन गरेर दिलीप कुमार राखे जसले गर्दा उनी हिन्दी चलचित्रमा बढी मान्यता र सफलता प्राप्त गर्न सके।  दिलीप कुमारले १९६६ मा अभिनेत्री सायरा बानोसँग विवाह गरे। विवाहको समयमा दिलीप कुमार ४४ वर्ष र सायरा बानो २२ बर्षका थिए। सन् १९८० मा उनले दोस्रो पटक पनि केही समयको लागि विवाह गरेका थिए।

बुधबार 'ट्रेजिडी किंग' दिलीप कुमारको ट्वीटरमा लेखिएको छ- "९७ औं जन्मदिनमा फोनकल र सन्देशहरू रातिबाट आइरहेका छन्। यसका लागि धन्यबाद। उत्सवहरू महत्त्वपूर्ण छैन तर तपाईंको असीम प्रेम, स्नेह र प्रार्थनाहरूलाई हेर्दा मेरो आँखा कृतज्ञताको आँसुले सँधै भिज्ने गर्दछ ।

दिलीप कुमारको ट्वीटर उनकी पत्नी सायरा बानो चलाउछिन् । उनी प्रायः दिलीप कुमारको स्वास्थ्य अपडेट गर्दछिन्। दिलीप कुमार लामो समयदेखि बिरामी छन् । उनी आफ्नो घरमा नै आराम गरि रहेका छन् ।  उनको शरिरमा पानीको कमिले  मृगौलामा समस्याको कारण स्वास्थ्यमा अचानक खराबि आएको थियो । यस्तो अवस्थामा सायराले उनीहरूको पूरा ध्यान राख्छिन्।

दिलीप कुमारलाई सन् १९९४ मा दादा साहब फाल्के अवार्डवाट  सम्मानित गरिएको थियो । सन् २०१५ मा उनलाई पद्म विभूषण प्रदान गरियो । दिलीप कुमारले सन् १९४४ मा ज्वार भाटा चलचित्रवाट आफ्नो  अभिनयको सुरुवात गरेका हुन् । दिलीप कुमारको चर्चीत चलचित्रमा  देवदास, मुगल-ए-आजम, गंगा जमुना, आन, अंदाज आदि चलचित्र रहेका छन् ।

दिलीप कुमारकी श्रीमती सायरा बानोको जन्म १९४४ मा मसुरीमा भएको थियो। उनको जीवन कुनै फिल्म कथा भन्दा कम छैन। सायराले आफ्नो बाल्यावस्था लन्डनमा बिताइन् तर १९६०  मा उनले आफ्नो पढाइ सिध्याइन् र मुम्बई फर्किन्। उनी शुरूदेखि नै आफ्नी आमा जस्तै बलिउड अभिनेत्री बन्न चाहन्थिन्। उनका बुबा मियां एहसान-उल-हक फिल्म निर्माता थिए ।  जसले मुम्बईमा 'फूल' र पाकिस्तानमा 'वादा' नामको फिल्म निर्माण गरेका थिए । सायराकी हजुरआमा छामियान बाई दिल्लीको तवायफ थिइन्, उनलाई शमशाद बेगमको नामले चिनिन्थ्यो ।

सायराले १९६१ मा रिलीज भएको फिल्म 'जंगल' बाट आफ्नो क्यारियर शुरू गरेकी थिइन् । बलिउड फिल्म यात्रामा एक अभिनेत्रीको रूपमा यो सायरा पहिलो कदम थियो। यस फिल्ममा उनले कश्मीरी केटीको भूमिका खेलेकी थिइन्। १९६८  मा आएको फिल्म 'पडोसन' ले सायरालाई लोकप्रिय बनायो। ६०-७० को दशकमा, सायरा बानोको नाम बलिउडका प्रसिद्ध र सुन्दर अभिनेत्रीहरूमा स्थापित भयो।

सायरा बानो र दिलीप कुमार बलिउडका सदाबहार जोडी हुन्। सायरा बानोले दिलीप कुमारसँग २२ वर्षको उमेरमा विवाह गरेकि थिइन् । तब दिलीप ४४ वर्षका थिए। सायराले बाल्यकालमा निर्णय गरेकी थिइन कि उनले केवल दिलीप कुमारसँग बिहे गर्नेछिन् । सायरा १२ वर्षको हुँदा दिलीप कुमारलाई पागलको रूपमा मन पराउँथिन्।

सायरा बानो र दिलीप कुमारको विवाह भएको ५३ बर्ष भइसकेको छ तर एक समय उनिहरुको सम्बन्धमा दरार आएको थियो । सो समयमा सायरा कहिले पनि आमा बन्न नसक्ने बताइएको थियो । दिलीप कुमारले आफ्नो आत्मकथा 'द सबस्टन्स एण्ड द श्याडौ' मा भनेका थिए, 'सायरा बानू १९७२ मा पहिलो पटक गर्भवती भएकी थिइन, ८ महिनाको गर्भावस्था सायरामा रक्तचापको समस्या देखियो , जसमा शल्यक्रिया भ्रुण बचाउन सम्भव थिएन। र बच्चाको सास फेर्दै मृत्यु भयो। त्यो छोरा थियो भनेर पछि थाहा भयो। यस घटनापछि सायरा कहिल्यै गर्भवती हुन सकिनन्।'

मिडिया रिपोर्टका अनुसार कुनै सन्तान नभएपछि  सन् १९८०  मा दिलीप कुमारले हैदराबादमा रहेकी एक सम्बन्धविच्छेद भएकी महिला असम रहमानसँग विवाह गरे। असमका पहिलेदेखि नै सन्तानहरू थिए। दिलीपलाई लाग्यो कि असम र उनका पहिलो लोग्नेले उनीहरुलाई धोका दिँइरहेका छन् र मिडियामा उनको सबै गोप्य कुरा  खोल्दै छन् । यसपछि, दिलीपले आफ्नो गल्ती महसुस गरे र १९८३ मा असमानलाई सम्बन्धविच्छेद गरेर फेरि श्रीमती सायरासँग फर्किए।

दिलीप कुमारले मानेका छोरा शाहरुख खान हुन् ।शाहरुखले दिलीपलाई बुवा र दिलीपले शाहरुखलाई छोरा मान्दै आएका छन् । सायराका अनुसार शाहरुख दिलीप कुमारले बोलेका छोरा हुन् । दिलीप कुमार शाहरुखका प्रिय अभिनेता हुन् । साथै दिलीप कुमार  पनि शाहरुखलाई  रुचाउछन् । केहि समयअघि उनलाई भेट्न शाहरुख घर पुगेका थिए । सो समय शाहरुख दिलीप कुमारको निधारमा किस  गर्दै  उनिसँग समय बिताएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ