arrow

स्याङ्जाका महिला बाख्रापालनमा सक्रिय

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७२ चैत ३० मंगलबार
woman-empower.jpg.jpeg
स्याङ्जा। पश्चिम स्याङ्जाको सेखाम गाविसकी रुपा मानन्धरले सामान्य रुपले बाख्रा पालन गर्दै आएकी थिइन्। उनलाई बाख्रा सम्वन्धी केही ज्ञान थिएन। महिला तथा वालवालिका कार्यालय स्याङ्जाले ७ दिने बाख्रापालन तालिम उपलव्ध गराउदा मानन्धर पनि तालिममा सहभागि हुने अवसर पाईन्। ७ दिन सम्म घर छाडेर तालिममा सहभागि भएकी मानन्धरले अहिले सम्म बाख्रा पालनमा हामीले केही पनि ध्यान पुर्‍याएका रहेनछौ भन्ने तालिमबाट थाहा पाइन्। बाख्रामा लाग्ने रोग र त्यसको निधान कसरी हुन्छ भन्ने सम्म थाहा नपाएका सहभागि महिलाहरुले नजिकै छिमेकी गाविस मल्याङकोटमा पशु सेवा कार्यालय छ भन्ने बिषय पनि थाहा रहेनछ।
 
तालिमको समापनका क्रममा मानन्धरले भनिन् अहिले सम्म हामीलाई पशु सेवा कार्यालय छ भन्ने थाहा थिएन। बाख्रालाई हाडनाता लगाउन हुन्न भन्ने पनि थाहा रहेनछ मानन्धरलाई। यो तालिमले उनलाई बाख्रापालनमा केही सहजता मिलेको बताईन। उनी सगै आएकी अर्की महिला लक्ष्मी खाँण पनि बाख्रा पालनमा अनविज्ञ रहिछन्। उनले पनि समान्यरुपले बाख्रापालन गर्दै आएकी रहिछन्। महिला तथा वालवालिका कार्यालयले अति विपन्न र आर्थिक उपार्जनमा चासो राख्ने महिलाहरुलाई यस्ता खालका तालिम दिदै आएको छ।
 
महिलाहरुलाई अव समाजिक शसक्तिकरणमा होइन अव महिलाहरुलाई आर्थिक सशक्तिकरणमा लैजानुपर्ने भएकाले यस्ता खालका तालिम दिदै आएको महिला तथा वालवालिका कार्यालय स्याङ्जाकी प्रमुख चन्द्रकुमारी व्यञ्जनकारले बताईन्। बाख्रा सम्वन्धी हेर्ने निकाय कुन हो भन्ने सम्म जानकारी नहुदा महिलाहरु बाख्रा पालनमा सफल नभएकाले पनि यस्ता खालका तालिमले सहजिकरण गर्ने प्रमुख व्यञ्जनकारको भनाई छ।
 
अहिले महिला तथा वालवालिका कार्यालयले ग्रामिण क्षेत्रमा रहेका विपन्न महिलाहरुलाई बाख्रा पालनमा सक्रिय बनाउन तिब्रता देखाएको छ। बाख्रापालन तालिम उपलव्ध गराएर ग्रामिण क्षेत्रमा रहेका विपन्न महिलाहरुलाई सक्रिय बनाउन लागेको हो। पश्चिम स्याङ्जाको सेखाम गाविसका महिलाहरुलाई ७ दिने बाख्रा पालन सम्वन्धी तालिम कार्यालयले उपलव्ध गराएको छ। सहभागि महिलाहरुले वाख्रापालनमा जागर देखाएपनि बाख्राबाट हुने आम्दानी भने न्युन रहेको बताएका थिए। तालिममा २० जना महिलाहरुको सहभागिता रहेको थियो।
 
सबै सहभागि महिलाहरुलाई ३५ सयका दरले बाख्रा खरिद गर्न रकम समेत महिला तथा वालवालिका कार्यालय स्याङ्जाले उपलव्ध गराएको थियो। आर्थिक विपन्नतामा परेका ग्रामिण क्षेत्रका महिलाहरुको आर्थिक समृद्धिमा टेवा पुगोस भन्ने हेतुले तालिम उपलव्ध गराएको महिला तथा वालवालिका कार्यालयले जनाएको छ। महिलाहरुलाई बाख्रा सम्वन्धी तालिममा बाख्रापालन गर्दा ध्यान दिनुपर्ने विषयमा जानकारी गराइएको थियो।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ