arrow

भारतलाई टी–२० क्रिकेट सिरिज, कोहली र रोहितको कीर्तिमान

logo
प्रकाशित २०७६ मंसिर २६ बिहिबार
i1.jpg

काठमाडौं । वेष्ट इण्डिजविरुद्धको तीन खेलको टी–२० क्रिकेट सिरिज भारतले जितेको छ । मुम्बईमा बुधबार राति भएको तेस्रो तथा अन्तिम खेलमा वेष्ट इण्डिजलाई ६७ रनले पराजित गर्दै भारतले सिरिज २–१ ले जितेको हो ।

यसअघि १–१ को बराबरी भएका अवस्थामा अन्तिम खेल महत्वपूर्ण थियो । तर वान्खडे क्रिकेट स्टेडियममा भारतले फराकिलो योगफल बनाएपछि वेष्टइण्डिज कमजोर देखियो । 

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले ३ विकेटको नोक्सानीमा २४० रन बनायो । लोकेश राहुलले ५६ बलमा ९१ रन बनाए । त्यस्तै कप्तान विराट कोहलीले २९ बलमा नटआउट ७० रन बनाए । कोहलीले २१ बलमै ५० रन पूरा गरेका थिए । जुन कीर्तिमान थियो । उनी कम बलमा अर्धसतक पूरा गर्ने भारतीय कप्तान बनेका छन् । 

त्यस्तै रोहित शर्माले ३४ बलमा ७१ रन बनाए । रोहितको यो योगफलका क्रममा ५ छक्का र ६ चौका सामेल थियो । अन्तर्राष्ट्रिय क्रिकेटमा रोहितले ४०० छक्का पूरा गर्ने भारतीय खेलाडीसमेत बनेका छन् । 

उनीअघि वेष्टइण्डिजका क्रिस गेलको नाममा ५३४ छक्का र पाकिस्तानी खेलाडी शाहिद अफ्रिदीको नाममा ४७६ छक्का रहको छ । रोहितको ४०४ छक्का रहेको छ । उनले करियरको १९ औं अर्धसतक पनि बनाए । 

२ सय ४१ रनको लक्ष्य पछ्याएको वेष्ट इण्डिजले ८ विकेटको नोक्सानीमा १ सय ७३ रन मात्र बनाउन सक्यो । केइरन पोलार्डले ६८ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन् । यस्तै शिम्रन हिटमेयरले ४१ रन बनाए । 

दिपक चाहर, भुवनेश्वर कुमार, मोहमद शामी र कुलदीप यादबले २–२ विकेट लिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ