arrow

'दबंग ३' रिलीज हुनुपूर्व खुल्यो सलमान खानको बिहेको रहस्य, कान्छो भाई अरबाजले बताए सत्य

'सलमानको बिहे कहिले हुनेछ भन्ने प्रश्न गरेर मानिसहरुले जीवन व्यथित गरिसके'

logo
प्रकाशित २०७६ मंसिर २६ बिहिबार
salman-arbaj.jpg

काठमाडौं । बलिउड स्टार सलमान खान हाल आफ्नो फिल्म 'दबंग ३' लाई लिएर चर्चामा छन्। अरबाज खान पनि यस फिल्ममा महत्वपूर्ण भूमिकामा रहेकाछन्। दुई दाजुभाइसँगै फिल्मको प्रचारमा व्यस्त छन्। हालै अरबाजले आफ्नो व्यक्तिगत जीवनको बारेमा केहि कुरा खुलाएका छन् । साथै उनले सलमान खान विवाह बारे पनि उत्तर दिएका छन् ।

सलमान खानको विवाहको बारेमा उनले भने, 'मानिसहरूले आफ्नो सम्पूर्ण जीवन सलमानको बिहे कहिले हुनेछ ? भन्ने प्रश्न गरेर व्यथित गरिसकेका छन्, मान्छे थाक्दैनन् ?, जब उनी विवाह गर्छन्, आफैले भन्नेछन्।'

यसपछि अरबाजले आफ्नो दोस्रो विवाहको बारेमा पनि कुरा गरे। अरबाज मोडेल जर्जिया एन्ड्रेनीसँग डेटमा छन्। ई टाइम्सलाई दिएको एक अन्तर्वार्तामा अरबाजले भनेका छन्, 'मलाई लाग्दैन कि हामी डेटि गरिरहेका छौं त्यसकारण विवाह गर्नुपर्छ। हामी यसलाई अघि बढाउन चाहन्छौं। यदि तपाईं मलाई सोध्नुहुन्छ म यस सम्बन्धमा खुसी छु भनेर ?, त्यसो हो भने म खुशी छू र म जर्जिया एन्ड्रेनीलाई डेट गर्दैछु। '

'म यो स्वीकार्न सक्छु। यो मैले अस्वीकार गर्नु मूर्ख कुरा हो। जहाँसम्म मेरो विवाहको सवाल छ, जब हुनेछ, तपाईंलाई आमन्त्रित गरिनेछ वा म घोषणा गर्नेछु। मलाई लाग्छ मान्छेहरुले के हुँदैछ भनेर जान्न हतार गर्नु हुँदैन।'

'दबंग ३' प्रभुदेवाले निर्देशित गरेका हुन्। यो फिल्ममा अरबाज खान बटरचन्द पाण्डेको भूमिकामा देखा पर्नेछ। फिल्ममा सोनाक्षी र साई मांजरेकर मुख्य नायिका हुन्। फिल्ममा दक्षिण कलाकार किचा सुदीप खलनायकको भूमिकामा देखा पर्नेछन्। फिल्म २० डिसेम्बरमा रिलीज हुनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ