arrow

ब्रसेल्स आक्रमणका थप सङ्कास्पदको पहिचान

logo
प्रकाशित २०७२ चैत ३० मंगलबार
mohamed-abrini-tease-only-medium-plus-169.jpg.jpeg
ब्रसेल्स । बेल्जियमको राजधानी सहर ब्रसेल्सको बिमानस्थल र भूमिगत मालबेक मेट्रो स्टेशनमा गत महिना भएको आक्रमणका थप संस्कास्पद व्यक्तिको पहिचान भएको बताइएको छ । बेल्जियमको प्रहरीले सो जानकारी मङ्गलबार सार्वजनिक गरेको हो । सो आक्रमणपछि त्यहाँको सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । प्रहरीले खोजी अभियानलाई व्यापक बनाएको छ । 
 
त्यस आक्रमणमा सम्लग्नको खोजी जारी छ भने प्रहरीले संदिग्ध व्यक्तिको स्केच सार्वजनिक गरी राष्ट्रिय रुपमा खोजी अभियान चलाएको जनाएको छ । ती आक्रमणकारीमध्येका थप दुई जनाको पहिचान मङ्गलबार भएको जानकारी दिइएको हो । सङ्कास्पद व्यक्तिको स्केच आज सार्वजनिक गरेको हो । 
 
सामिल एफ र इब्राहिम एफ नामक दुई जना व्यक्तिको पहिचान गरेर नाम सार्वजनिक गरेको जानकारी दिइएको हो । उनीहरुका बारेमा थप सूचना भने दिइएको छैन । इस्लामिक स्टेट (आइएस) जिहादी समूहले गराएको आत्मघाती बम विस्फोटमा परी दर्जनौँ व्यक्तिको ज्यान गएको थियो । राजधानी ब्रसेल्सको विमानस्थलमा विस्फोट भएको एक घण्टापछि मेट्रो स्टेसनमा विस्फोटन भएको थियो । एएफपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ