arrow

सुदूरपश्चिम महोत्सवमा टिकट भन्दा बढी पार्कीङ शुल्क, टिकटको ५० पार्कीङको ६० रुपैयाँ

logo
पुस्कर पौडेल,
प्रकाशित २०७६ मंसिर २६ बिहिबार
mahotsab-parking.jpg

धनगढी ।   सुदूरपश्चिम महोत्सवमा टिकट भन्दा बढी पाकिङ शुल्क लिने गरेको पाइएको छ । टिकटको मूल्य ४० रुपैयाँ र ५० रुपैयाँ रहेपनि मोटरसाइकल र हेलमेटको लागि भन्दै ६० रुपैयाँ लिने गरेको सर्वसाधरणहरुले गुनासो गरेका छन् ।

विगतका वर्षहरुमा ४० रुपैयाँ मोटरसाइकल पाकिङ लिएपनि यस वर्ष भने हेलिमेटको पनि शुल्क लिने गरेका छन ।उक्ता कैलाली उधोग वाणिज्य सघले भने आफुहरुले तोकेको शुल्क भन्दा बढी लिएमा कारवाहि गर्न बताएको छ । सुदुरपश्चिम महोत्सवमा टिकट शुल्क भन्दा मूल्य पाकिङमा तिर्नुपरेको दर्शकहरुको गुनासो गरेका छन् ।

टिकटको मूल्य ४० रुपैयाँ र ५० रुपैयाँ भएपनि पाकिङको मात्रै ६० रुपैयाँ तिर्नुपरेको गौरीगगा नगरपालिका वडा नम्बर १० धनीराम चौधरीले बताए ।सर्वसारणहरु मोटरसाइकलको शुल्क लिने गरेको भएपनि हेलमेटको छुट्टै शूल्क लिन नहुँने बताएका छन् ।

मोटरसाइकलको ४० रुपैयाँ र छुट्टै हेलमेटको २० रुपैयाँ तिर्दा आफूहरु मारमा परेको कञ्चनपुर बाट महोत्सव अवलोकनका लागि आएका गुरुप्रसाद चौधरीले बताए ।महोत्सव प्रबेशको भन्दा बढि मोटरसाइकल पार्किङको शूल्क तिर्नुपरेको दर्शकहरुले गुनासो गरेका छन्  ।

पाकिङ शूल्क न्यायोचित नभएको धनगढी उपमहानगरपालिका वडा नम्बर १७ का राजकुमार चौधरीले बताए ।कैलाली उधोग वाणिज्य सघले मोटरसाइक पाकिङको २५ रुपैयाँ,ठूला गाडीको ५० रुपैयाँ र साइकल पार्किङके १० रुपैयाँ तोकेको जनाएको छ ।

उद्योग बाणिज्य संघका अध्यक्ष पुष्पराज कुवरले तोकिएको भन्दा बढि शूल्क लिएको पाइए कारबाही गर्ने बताए ।सुदूरपश्चिम प्रदेशको गौरव र पर्वको रुपमा लिइरहेको महोत्सवमा भइरहेको यस्ता गतिबिधीहरुले दर्शकहरुलाई समस्या हुने गरेको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ